close

यति एयरलाइन्सको वार्षिकोत्सव अफर भन्दै फेरि सामाजिक सञ्जालमा स्पाम आतंक

टेकपाना टेकपाना

मंसिर २७, २०७९ १८:३३

यति एयरलाइन्सको वार्षिकोत्सव अफर भन्दै फेरि सामाजिक सञ्जालमा स्पाम आतंक

काठमाडौं । सामाजिक सञ्जालमा यति एयरलाइन्सको वार्षिकोत्सव अफर भन्दै स्पाम गतिविधि भएको पाइएको छ ।

फेसबुक, ह्वाट्सएप लगायतका सामाजिक सञ्जालमा पोस्ट तथा मेसेजमार्फत यति एयरलाइन्सको २०औं वार्षिकोत्सवमा पुरस्कार अभियान चलेको पाइएको हो । यसरी आउने लिंकमा ५००० रुपैयाँसम्म जित्ने मौका भनेर म्यासेज लेखिएको छ ।

यसपछि एक विज्ञप्ति जारी गर्दै कम्पनीले सामाजिक सञ्जालमा आएका पोस्टहरूमा कुनै सत्यता नभएकाले यसबाट सतर्क रहन आग्रह गरेको छ ।

आफ्नो लोगो र नाम दुरूपयोग गरी पोस्ट भएका सामग्री र मेसेज स्क्याम हुनसक्ने कम्पनीको भनाइ छ । कम्पनीले सेवाग्राहीलाई आफ्नो आधिकारिक सामाजिक सञ्जाल र वेबसाइटबाट मात्र सूचना लिन आग्रह गरेको छ । 

यसअघि पनि कम्पनीको नाममा यस्तै स्पाम आतंक फैलिएको थियो ।

पछिल्लो अध्यावधिक: मंसिर २७, २०७९ १८:३४