close

मन्त्रालयको कार्य सञ्चालन र व्यवस्थापन प्रणालीलाई डिजिटलाइज गर्ने अर्थमन्त्रीको घोषणा

टेकपाना टेकपाना

पुस १२, २०७९ १४:९

मन्त्रालयको कार्य सञ्चालन र व्यवस्थापन प्रणालीलाई डिजिटलाइज गर्ने अर्थमन्त्रीको घोषणा

काठमाडौं । नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालयको कार्य सञ्चालन र व्यवस्थापन प्रणालीलाई डिजिटलाइज गर्ने घाेषणा गरेका छन् ।

सोमबार मन्त्रालयमा पदभार ग्रहण गरेपछि मन्त्री पौडेलले अर्थ मन्त्रालय र मातहतका  सबै  निकायमा  अनलाइन  प्रणाली  कार्यान्वयन  गर्ने  पहिलो  निर्णय  गरेका हुन् ।

मन्त्रालयको कार्य सञ्चालन र व्यवस्थापन प्रणालीलाई  छरिताे र प्रविधिमैत्री बनाउने निर्णयमा मन्त्री पाैडेलले हस्ताक्षर गरेका हुन् ।

पछिल्लो अध्यावधिक: पुस १२, २०७९ १४:२१