close

साइबर सेक्युरिटी कम्पनी मोनाल टेकलाई ह्वावे स्टार्टअप आईसीटी अवार्ड

टेकपाना टेकपाना

पुस १२, २०७९ १३:३९

साइबर सेक्युरिटी कम्पनी मोनाल टेकलाई ह्वावे स्टार्टअप आईसीटी अवार्ड

काठमाडौं । ह्वावे स्टार्टअप आईसीटी अवार्ड २०२२ मोनाल टेकलाई प्रदान गरिएको छ । काठमाडौंमा आयोजित इन्फोडेभलपर्स आईसीटी अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा मोनाल टेकलाई स्टार्टअप आईसीटी अवार्ड प्रदान गरिएको हो ।

मोनाल टेक सूचना प्रविधि सुरक्षा, नेटवर्क सुरक्षा, पूर्वाधार सुरक्षा र संगठनको साइबर सुरक्षामा क्रियाशील छ ।

यसअन्तर्गत कम्पनीले सेक्युरिटी अपरेसन सेन्टर, सेक्युरिटी अडिट, साइबर सेक्युरिटी ट्रेनिङ, साइबर सेक्युरिटी कन्सल्ट्यान्ट, सेक्युरिटी डिभाइस लगायतका क्षेत्रमा काम गरिरहेकाे छ ।

पछिल्लो अध्यावधिक: पुस १२, २०७९ १३:३९