close

अब खल्ती वालेटबाट ललितपुर महानगरको कर तिर्न सकिने

टेकपाना टेकपाना

पुस १३, २०७९ १५:१

अब खल्ती वालेटबाट ललितपुर महानगरको कर तिर्न सकिने

काठमाडौं । खल्ती डिजिटल वालेटले ललितपुर महानगरपालिकासँग आफ्नो राजस्व संकलन डिजिटलाइजेसनका लागि सहकार्य गरेको  छ । करदाताले खल्तीबाट ललितपुर महानगरपालिकाको घर बहाल कर, सम्पत्ति कर र व्यवसाय कर शुल्क तिर्न सक्नेछन् ।

हालै काठमाडौं महानगरपालिकाको कर भुक्तानीका लागि पनि सोही सेवा उपलब्ध भएको थियो। त्यसैगरी ललितपुर महानगरपालिकाका बासिन्दालाई घर बहाल कर भुक्तानी सुविधा उपलब्ध भएसँगै खल्ती प्रयोगकर्ताले वडा कार्यालयमा नगइकनै विभिन्न कर तिर्न सक्नेछन् ।

यस सेवाका बारे थप बोल्दै खल्ती का प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ''डिजिटल भुक्तानी गर्ने क्षमता पहिलेभन्दा धेरै महत्त्वपूर्ण भएको छ, किनभने यसले व्यवसाय र उपभोक्ता दुवैलाई धेरै तरिकाले फाइदा पुर्‍याउँछ । यस प्रक्रियामा हामीले विभिन्न स्थानीय सरकार र अधिकारीहरूसँग साझेदारी सुरु गरेका छौं । ललितपुर महानगरपालिकासँग को यो साझेदारीले पारदर्शी र प्रभावकारी राजस्व संकलनका लागि निश्चित रूपमा हजारौं घरपरिवारलाई कर भुक्तानीको आनन्द लिन सक्षम बनाउनेछ।”

करदाताले तल बताइएको तरिका अनुसार ‘खल्ती’ छनौट गरी भुक्तानी गर्न सक्नेछन्ः

खल्ती एप को होमस्क्रिनमा गई “लोकल गभर्मेन्ट” मा जानुहोस् ।

-“ललितपुर महानगरपालिका” छनौट गरी कर भुक्तानीकर्ता आईडी राख्नुहोस्  ।
-कर भुक्तानी प्रकार छनौट गर्नुहोस् ।
 -घर बहाल कर 
-सम्पत्ति कर 
-व्यवसाय कर 

-विवरणहरू प्रमाणित गर्नुहोस् र भुक्तानी गर्नुहोस् ।
-भुक्तानी विकल्प 'खल्ती वालेट' वा 'लिङ्क गरिएको बैंक खाता' चयन गर्नुहोस्। 
-भुक्तानी गरेको बिल खल्ती को कारोबर सेक्सन् (ट्रान्ज्याक्सन हिस्ट्री) मा प्राप्त हुनेछ ।

पछिल्लो अध्यावधिक: पुस १३, २०७९ १५:१