काठमाडौं । ह्वाट्सएपले आवधिक रूपमा पुराना स्मार्टफोनलाई फेजआउट गर्दै आएको छ । त्यसै अनुरूप यस वर्ष ५० ओटा डिभाइसमा यो मेसेजिङ एप खुल्ने छैन ।
पछिल्ला अन्तिम तीन महिनाको अवधिमा ह्वाट्सएपले भारी मात्रामा एन्ड्रोइड र आईओएस डिभाइस फेजआउट गरेको यो दोस्रो पटक हो । गत अक्टोबरमा ह्वाट्सएपले आईफोन एसई, आईफोन एस सिक्स, आईफोन एस प्लसका साथै सामसङ, ह्वावे, एलजी, सोनी, जेडटीई, एचटीसी, लेनोभो र अल्काटेलका कम्तिमा ४० ओटा एन्ड्रोइड डिभाइसको सपोर्ट बन्द गर्ने कुरा बाहिर ल्याएको थियो ।
यस पटक ह्वाट्सएपले झन्डै ५० ओटा फोनको सपोर्ट बन्द गर्ने निश्चित गरेको छ । जसमा एप्पल आईफोन फाइभ र आईफोन फाइभ सी समेत रहेका छन् ।
यो सूचीमा बाँकी रहेका फोनहरूमा सामसङ, ह्वावे, एलजी, सोनी, लेनोभो र जेडटीई ब्रान्डका छन् । यी फोनहरू लामो समयदेखि अपडेट नभएकाले ह्वाट्सएपको सपोर्ट बन्द हुन लागेको हो ।
यससँगै ह्वाट्सएप सपोर्ट गर्ने डिभाइसमा कम्तिमा एन्ड्रोइड ५.० ललिपप अथवा आईओएस १२ हुनुपर्नेछ । यद्यपि अहिले पनि ह्वाट्सएपको एफएक्यूमा ४.१ तथा त्यसभन्दा नयाँ ओएस भएका एन्ड्रोइड फोनहरूमा सपोर्ट उपलब्ध रहेको उल्लेख छ ।
तर यो वर्षको अन्त्यसँगै एन्ड्रोइड ४.१ जेली बिन अपरेटिङ सिस्टम रहेका अधिकांश फोनहरूमा ह्वाट्सएप चल्न बन्द हुनेछ । गिजचाइनाले उल्लेख गरेअनुसार यो सूचीमा अधिकांश इन्ट्री-लेभल तथा मिड-रेन्जका स्मार्टफोनहरू रहेका छन् ।
यदि तपाईँले यी मध्ये कुनै मोबाइल प्रयोग गरिरहनु भएको छ भने ह्वाट्सएप चलाउन नयाँ फोन लिनुपर्नेछ अथवा त्यसमा नयाँ भर्सनको अपरेटिङ सिस्टम अपडेट गर्नुपर्नेछ ।
Apple
-
iPhone 5
-
iPhone 5c
Archos
-
Archos 53 Platinum
ZTE
-
ZTE Grand S Flex
-
ZTE Grand X Quad V987
-
ZTE Memo V956
HTC
-
HTC Desire 500
Huawei
-
Huawei Ascend D
-
Huawei Ascend D1
-
Huawei Ascend D2
-
Huawei Ascend G740
-
Huawei Ascend Mate
-
Huawei Ascend P1
-
Huawei Ascend D quad XL
Lenovo
-
Lenovo A820
LG
-
LG Enact
-
LG Lucid 2
-
LG Optimus 4X HD
-
LG Optimus F3
-
LG Optimus F3Q
-
LG Optimus F5
-
LG Optimus F6
-
LG Optimus F7
-
LG Optimus L2 II
-
LG Optimus L3 II
-
LG Optimus L3 II Dual
-
LG Optimus L4 II
-
LG Optimus L4 II Dual
-
LG Optimus L5
-
LG Optimus L5 Dual
-
LG Optimus L5 II
-
LG Optimus L7
-
LG Optimus L7 II
-
LG Optimus L7 II Dual
-
LG Optimus Nitro HD
Samsung
-
Samsung Galaxy Ace 2
-
Samsung Galaxy Core
-
Samsung Galaxy S2
-
Samsung Galaxy S3 mini
-
Samsung Galaxy Trend II
-
Samsung Galaxy Trend Lite
-
Samsung Galaxy Xcover 2
Sony
-
Sony Xperia Arc S
-
Sony Xperia miro
-
Sony Xperia Neo L
Wiko
-
Wiko Cink Five
-
Wiko Darknight ZT
पछिल्लो अध्यावधिक: पुस १४, २०७९ ११:४०
