close

कीर्तिपुरमा जारी क्रिकेट प्रतियोगितामा अनलाइन सट्टेबाजी गरेको आरोपमा ४ जना पक्राउ

टेकपाना टेकपाना

पुस १४, २०७९ १३:६

कीर्तिपुरमा जारी क्रिकेट प्रतियोगितामा अनलाइन सट्टेबाजी गरेको आरोपमा ४ जना पक्राउ

काठमाडौं । कीर्तिपुरस्थि क्रिकेट मैदानमा जारी एनपीएल टी–२० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा अनलाइनमार्फत सट्टाबाजी गरेको आरोपमा चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२७ असन बस्ने ४२ वर्षीय रविन तुलाधरसहित चारजना रहेको प्रहरीले जनाएको छ ।

बुधबार भएको विराटनगर सुपर किङ र पोखरा एभेन्जर्स बीचको खेलमा मोबाइल फोन प्रयोग गरी अनलाइन बेटिङ भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: पुस १४, २०७९ १३:६