close

यस्तो छ, डार्क मोड सहितको फेसबुकको नयाँ डिजाइन

टेकपाना टेकपाना

माघ २४, २०७६ १५:१५

यस्तो छ, डार्क मोड सहितको फेसबुकको नयाँ डिजाइन

काठमाडौं । फेसबुकले डार्क मोड सहितको नयाँ डिजाइनमा काम गरिरहेको छ । त्यसको बेटा भर्सन फेसबकुले हाल सीमित प्रयोगकर्तालाई प्रयोगको लागि उपलब्ध गराएको छ ।

गत मे महिनामा फेसबुकले मोबाइल तथा वेब भर्सनमा डार्क मोड सहितको नयाँ डिजाइनका लागि काम गरिरहेको जनाएको थियो । मोबाइल भर्सनमा डार्क मोड सहितको डिजाइन केही समय अघि नै परीक्षण गरेको भएतापनि कम्पनीले अब भने वेब भर्सनको नयाँ डिजाइन परीक्षण गरिरहेको छ ।

कम्पनीले त्यसमा प्रयोगकर्ताको सबैभन्दा पर्खाइको विषयको रुपमा बनेको डार्क मोड उपलब्ध गराएको छ । हेर्दा सफा र प्रयोग गर्न सहज देखिएको फेसबुकको नयाँ भर्सन ट्वीटरको डिजाइनसँग मिल्दो जुल्दो देखिन्छ । यो अहिले परीक्षणकै क्रममा रहेकाले फेसबुकले सार्वजनिक गर्दा दुरुस्तै यही डिजाइनमा आउँछ भनेर दाबी गर्न भने सकिँदैन ।

किनभने परीक्षणबाट आएको प्रतिक्रियाको आधारमा यसमा थप परिवर्तन हुन सक्छ । तर, हाललाई भने फेसबुकले बेटा भर्सनको इन्टरफेस मन नपरेको खण्डमा प्रयोगकर्तालाई पुरानो फेसबुकमा फर्किन मिल्ने सुविधा पनि दिइरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०