के तपाईलांई थाहा छ ? अब तपाईं गूगल फोटोहरु टेक्स्टकै आधारमा पत्ता लगाउन सक्नुहुन्छ । टेक्स्टको अर्थ शुद्ध टेक्स्ट नै भन्ने होइन तर कुनै अक्षर र शब्दको माध्यमबाट पनि यो काम हुनसक्छ ।
गूगल फोटोले आफ्नो अपडेटेड भर्सनमा यो फिचर ल्याएको छ । तर यो फिचर टेक्स्ट वा अक्षर भएका तस्विरहरुको खोजी गर्नमा मात्र प्रयोग हुने छ ।
यसले कसरी काम गर्छ त ?
तपाईसँग गूगल फोटोमा तस्विरको व्यापक संग्रह छ र कुनै निश्चित शब्द भएको तस्विर फेला पार्न चाहनुहुन्छ भने अब तपाई यो फिचरले सहज बनाउनेछ ।
गूगल फोटोले तस्विरमा रहेको टेक्स्टलाई खण्डिकरण गरेर विवरण उपलब्ध गराउँछ । यसले उक्त टेक्स्टलाई कपि गर्छ र त्यसलाई तपाईं जुनसुकै स्थानमा पेस्ट गर्न पनि सक्नुहुन्छ ।
यसरी सर्च गर्नुहोस् गूगल फोटो
गुगल फोटोको एप खोल्नुहोस् । तपाईंले चाहेको टेक्स्ट सर्चबारमा टाइप गर्नुहोस् । त्यसपछि गूगल फोटोले सम्बन्धित परिणाम देखाउँछ ।
तस्विरमा ट्याप गरेर त्यसलाई खोल्नुहोस् ।
गूगल लेन्स बटम ट्याप गर्नुहोस् र त्यसपछि तस्विरले टेक्स्टलाई खण्डीकरण गरेर व्याख्या गर्न थाल्छ ।
टेक्स्ट फेला परेको तस्विरले गरेको संकेतका आधारमा तपाईंले सेलेक्ट अल बटन ट्याप गरेर टेक्स्ट कपी गर्नसक्नुहुन्छ ।
गूगल फोटोमा सबै टेक्स्ट सधैं शतप्रतिशत सही हुन्छन् भन्ने छैन । टेक्स्टहरु नन स्ट्याण्डर्ड फन्टको हुँदा यसले काम नगर्न सक्छ । तर यदि फन्ट स्पष्ट छ र स्ट्याण्डर्ड छ भने गूगल फोटोले राम्रैसँग काम गर्छ ।