close

सञ्चार सहित अर्थ मन्त्रिमै फर्किए खतिवडा

टेकपाना टेकपाना

फागुन २१, २०७६ १२:३४

सञ्चार सहित अर्थ मन्त्रिमै फर्किए खतिवडा

युवराज खतिवडा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँगै अर्थमा पुनः फर्किएका छन् । राष्ट्रपति विद्या देवी भण्डारीले बुधबार खतिवडालाई दुबै मन्त्रालय सम्हाल्ने गरी मन्त्री पदको कार्यभार तोकेकी हुन् ।

यस अघि राष्ट्रिय सभा सदस्यको जिम्मेवारीबाट मुक्त हुने भएपछि उनले मंगलबार मान्त्रै मन्त्री पदबाट राजीनामा दिएका थिए । नेपालको संविधानको धारा ७८ को उपधारा १ अनुसार प्रधानमन्त्रीको केपी शर्मा ओलीको सिफारिसमा खतिवडालाई मन्त्री पदमा पुनः नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०