काठमाडौं । फेसबुकले ब्राजिलका राष्ट्रपति जैर मिसियस बोल्सोनारोको कोरोनाभाइरस सम्बन्धि पोष्ट हटाएको छ । उनले आफ्नो वालमा शेयर गरेको भिडियो पोस्ट फेसबुकले हटाएको हो ।
राष्ट्रपति बोल्सोनारोले शेयर गरेको भिडियोमा हाइड्रोक्सिक्लोरोक्वाइनले सबै ठाउँमा काम गर्ने दाबी गरिएको थियो । जब कि हाइड्रोक्सिक्लोरोक्वाइनले कोरोनोको औषधिको रुपमा काम गर्ने वा नगर्ने भन्ने विषय अझै परिक्षणकै क्रममा रहेको छ ।
स्वास्थ्य संगठनहरुले समेत प्रमाणीत नगरेको विषय भन्दै फेसबुकले राष्ट्रपति बोल्सोनारोको पोष्ट हटाएको हो ।
‘हामी हाम्रो कम्युनिटी नीतिले तोकेको भन्दा बाहिरको विषयवस्तु हटाउँछौं । गतल जानकारीका कारण महामारी अझै फैलिन सक्ने भएकाले यो नीति फेसबुक, इन्टाग्राम सबैमा लागु हुन्छ,’ फेसबुकका प्रवक्ताले भनेका छन्, ‘त्यसै आधारमा ब्राजिलका राष्ट्रपति बोल्सोनारोको पोष्ट पनि हटाइएको हो ।’