काठमाडौं । फेसबुकले ब्राजिलका राष्ट्रपति जैर मिसियस बोल्सोनारोको कोरोनाभाइरस सम्बन्धि पोष्ट हटाएको छ । उनले आफ्नो वालमा शेयर गरेको भिडियो पोस्ट फेसबुकले हटाएको हो ।
राष्ट्रपति बोल्सोनारोले शेयर गरेको भिडियोमा हाइड्रोक्सिक्लोरोक्वाइनले सबै ठाउँमा काम गर्ने दाबी गरिएको थियो । जब कि हाइड्रोक्सिक्लोरोक्वाइनले कोरोनोको औषधिको रुपमा काम गर्ने वा नगर्ने भन्ने विषय अझै परिक्षणकै क्रममा रहेको छ ।
स्वास्थ्य संगठनहरुले समेत प्रमाणीत नगरेको विषय भन्दै फेसबुकले राष्ट्रपति बोल्सोनारोको पोष्ट हटाएको हो ।

‘हामी हाम्रो कम्युनिटी नीतिले तोकेको भन्दा बाहिरको विषयवस्तु हटाउँछौं । गतल जानकारीका कारण महामारी अझै फैलिन सक्ने भएकाले यो नीति फेसबुक, इन्टाग्राम सबैमा लागु हुन्छ,’ फेसबुकका प्रवक्ताले भनेका छन्, ‘त्यसै आधारमा ब्राजिलका राष्ट्रपति बोल्सोनारोको पोष्ट पनि हटाइएको हो ।’
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१
