काठमाडौं । इन्स्टाग्रामले एन्ड्रोइडको किटक्याट र ललिपप भर्सनको सपोर्ट बन्द गर्ने तयारी गरेको छ । चिनियाँ डेभलपर जेन म्यानचुन वाङले यसको विषयमा जानकारी सार्वजनिक गरेकी हुन् ।
उनले आफ्नो ट्वीटरमार्फत इन्स्टाग्रामको पछिल्लो अपडेटबारे जानकारी गराएकी छिन् ।
Instagram for Android will stop supporting KitKat and Lollipop
उनका अनुसार इन्स्टाग्रामले चाँडै एन्ड्रोइडको किटक्याट र ललिपप भर्सनमा सर्पोट बन्द गर्नेछ । यस्तो अवस्थामा सामसङ, ह्वावे, जियोनी लगायतका कतिपय स्मार्टफोनमा इन्स्टाग्राम सर्पोट गर्ने छैन ।