काठमाडौं । सामाजिक सञ्जाल ट्वीटरका संस्थापक ज्याक डोर्सीले कोरोना भाइरसको महामारीविरुद्ध लड्न आफ्नो कुल सम्पत्तिको २८ प्रतिशत रकम सहयोग गर्ने भएका छन् ।
उनले एक अर्ब अमेरिकी डलर ‘ग्लोवल कोभीड–१९ रिलिफ फण्ड’ मा उपलब्ध गराउने जनाकारी ट्वीटरमार्फत दिएका हुन् । उनले लेखेका छन, ‘सहयोग ‘स्टार्ट स्मल फाउण्डेशन’ अथावा प्राइभेट कम्पनीमार्फत सिधै उपलब्ध हुनेछ । भने, सहयोगलाई पारदर्शी बनाउन सार्वजनिक गरिने छ ।’
I’m moving $1B of my Square equity (~28% of my wealth) to #startsmall LLC to fund global COVID-19 relief. After we disarm this pandemic, the focus will shift to girl’s health and education, and UBI. It will operate transparently, all flows tracked here: https://t.co/hVkUczDQmz
उनका अनुसार यो रकम स्क्वायरको शेयरमार्फत काटिने छ । स्क्वायर अनलाइन भुक्तानी सेवा प्रदान गर्ने एप्लिकेशन हो । डोर्सी स्क्वायरका समेत संस्थापक तथा प्रमुख कार्यकारी हुन । उनले स्क्वायरमा आफ्नो ठुलो शेयर रहेको बताउँदै लामो समयसम्म निरन्तर सहयोगको लागि स्क्वायर बढी प्रभावकारी हुने समेत उल्लखे गरेको छन् ।
सहयाेग यहि समयमा किन ? उनले ट्वीटमा लेखेका छन, ‘यो समयमा आवश्यकता बढ्दोक्रममा र अत्यन्त जरुरी रहेको छ । म मेरो सहयोग सधैभरीको लागि होस भनी हेर्न चाहान्छु । अपेक्षा छ, मेरो यो सहयोगले अरुलाई पनि यसरी नै सहयोग गर्न प्रेरित गर्नेछ । जिन्दगी छोटो छ, मानीसलाई सहयोग गर्न जे सकिन्छ आजै गरौं ।’