close

कोरोना विरुद्ध टिकटकको ४५ अर्ब सहयोग

टेकपाना टेकपाना

चैत २८, २०७६ ११:५३

कोरोना विरुद्ध टिकटकको ४५ अर्ब सहयोग

काठमाडौं । छोटो भिडियो सेयरिङ एप टिकटकले कोरोनाभाइरस (कोभिड–१९) विरुद्ध लड्न अर्बौं रुपैयाँ सहयोग उपलब्ध गराएको छ । कम्पनीले विभिन्न चरणमा आर्थिक र अन्य सहयोगमार्फत कूल ३७५ मिलियन डलर अर्थात ४५ अर्ब ६६ करोड रुपैयाँ सहयोग उपलब्ध गराइसकेको हो ।

जसमा २५० मिलियन डलर आर्थिक सहयोग र बाँकी १०० मिलियन डलर कोभिड–१९ विरुद्ध क्रियाशिल विभिन्न संस्थालाई लागि एड क्रेडिट रहेको छ । २५ मिलियन डलर रकम भने जनचेतनामूलक सामग्रीको प्रचारका लागि स्पेस उपलब्ध गराएको छ ।

कम्पनीले उपलब्ध गराएको २५० मिलियन डलरलाई पनि विभिन्न राहत कोषमा उपलब्ध गराइएको कम्पनीले जनाएको छ । जसमध्ये १५० मिलियन डलर ‘हेल्थ हिरोज् रिलिफ फण्ड’ मा जम्मा गरिएको छ । जसले मेडिकल क्षेत्रमा काम गर्ने कर्मचारीलाई आर्थिक सहयोगका साथै अन्य विभिन्न सहयोग उपलब्ध गराउँछ ।

त्यस्तै ४० मिलियन डलर सामाजिक राहत कोषमा जम्मा गरिएको छ । कम्पनीका अनुसार उक्त कोषको रकम समाजमा स्वास्थ्य सहयोग पुर्‍याउने संस्थाहरुलाई सहायताको रुपमा उपलब्ध गराइने छ ।

यसमा टिकटकले अर्को छुट्टै १० मिलियन डलर सहयोग समेत उपलब्ध गराएको छ । बाँकी ५० मिलियन डलर कम्पनीले सामाजिक दुरी कायम गर्न सिकाउने विभिन्न कार्यलाई सहयोग उपलब्ध गराएको हो ।

एजेन्सीकाे सहयाेगमा

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४