close

मोबाइलको रिचार्ज अनलाइनबाटै गर्न टेलिकमको आग्रह

टेकपाना टेकपाना

भदौ ४, २०७७ ९:५०

मोबाइलको रिचार्ज अनलाइनबाटै गर्न टेलिकमको आग्रह

काठमाडौं । कोरोना महामारीका कारण देशका विभिन्न स्थानमा लकडाउन, निषेधाज्ञा जारी गरिएको बेला नेपाल टेलिकमले अनलाइनबाटै माेबाइल रिचार्ज गर्न आग्रह गरेको छ ।

यस्तो अवस्थामा कतिपय स्थानमा रिचार्ज कार्डको उपलब्धतामा समेत समस्या हुनसक्ने भएकाले अनलाइन रिचार्ज गर्न टेलिकमले आग्रह गरेकाे हाे ।

कोरोनाको महामारीको अवस्थामा सुरक्षाको हिसाबले पनि अनलाइन रिचार्ज बढी प्रभावकारी हुने टेलिकमले जनाएको छ । अनलाइन रिचार्जको लागि टेलिकमको प्रयोगकर्ताले ई–सेवा, खल्ती, सेलपेलगायतका विभिन्न मोबाइल वालेटको प्रयोग गर्न सक्नेछन् ।

साथै सिधै बैंककाे माेबाइल एपबाट पनि रिचार्ज गर्न सकिने छ भने डेबिट क्रेडिट कार्डको प्रयोग गरी नेपाल टेलिकमको वेबसाइटबाटै पनि अनलाइन रिचार्ज गर्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३