close

खल्ती एपबाटै एनआईसी एसिया ब‌ैंकमा ऋणका लागि आवेदन दिन सकिने

टेकपाना टेकपाना

भदौ ४, २०७७ ९:१७

खल्ती एपबाटै एनआईसी एसिया ब‌ैंकमा ऋणका लागि आवेदन दिन सकिने

काठमाडौं । अब खल्ती डिजिटल वालेटमार्फत एनआईसी एसिया बैंकमा ऋणका लागि आवेदन दिन सकिने भएको छ । बैंकले सञ्चालमा ल्याएको सुपर चमत्कारिक कर्जाको आवेदन खल्तीबाटै दिन सकिने भएको हो ।

एनआईसी एसिया बैंकले ८ दशमलव २५ प्रतिशत वार्षिक ब्याजदरमा ४८ घण्टामै कर्जा जारी गर्ने गरी घर, सवारी र व्यवसायका लागि सुपर चमत्कारिक कर्जा सञ्चालनमा ल्याएको छ । यस कर्जाको लागि ग्राहकले खल्तीमार्फत अनलाइन आवेदन दिनसक्ने भएका हुन् ।

बैंकका अनुसार यी कर्जामा अन्य बैंकका कर्जा पनि स्वाप गर्न मिल्ने, पहिलो वर्ष ब्याजदर परिवर्तन नहुने, प्रशासनिक शुल्क शुन्य दशमलव २५ प्रतिशतमात्रै लाग्ने छ । यसका लागि खल्तीमा एनआइसी एसिया बैंक सुपर चमत्कारिक कर्जाको आइकन उपलब्ध रहेको छ ।

उक्त आइकनमा क्लिक गरी आवश्यक जानकारी भरी उल्लेखित तीनै प्रकारका कर्जामध्ये आफूलाई आवश्यक कर्जाका लागि आवेदन दिन सकिने उल्लेख गरिएको छ ।

खल्तीबाट भरिएको जानकारी बैंकमा पुग्नेछ । त्यसपछी बैंकले थप आवश्यक प्रक्रिया अघि बढाउने उल्लेख गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३