close

फाइभजी कम्प्युटरका लागि क्वालकमले ल्यायो वाईफाई सिक्स सहितको स्न्यापड्रागन प्रोसेसर

टेकपाना टेकपाना

भदौ २१, २०७७ १०:६

फाइभजी कम्प्युटरका लागि क्वालकमले ल्यायो वाईफाई सिक्स सहितको स्न्यापड्रागन प्रोसेसर

काठमाडौं । अहिले फाइभजी नेटवर्क र डिभाइस सार्वजनिक गर्ने होडबाजी चलिरहेका बेला चिप निर्माता कम्पनी क्वालकमले कम्प्युटरका लागि लक्षित गर्दै नयाँ प्रोसेसर सार्वजनिक गरेको छ । बिहीबारदेखि जर्मनीको बर्लिनमा सुरु भएको आईएफए २०२० को भर्चुअल एडिसनमा क्वालकमले स्न्यापड्रागन एट सीएक्स जेन टू फाइभजी प्रोसेसर ल्याएको घोषणा गरेको हो ।

यो प्रोसेसरमा फाइभजी कनेक्टिभिटीसहित उत्कृष्ट परफरमेन्स, मल्टी-डे ब्याट्री लाइफ, ईन्टरप्राइज ग्रेड सेक्युरिटी, वाईफाई सिक्स लगायतका विशेषता छन् । त्यस्तै सुधारिएकाे क्यामेरा, अडियाे टेक्नाेलाेजी र एआई एक्सिलेरेसनले बजारका अन्य प्रतिस्पर्धी प्राेसेसरभन्दा याे माैलिक हुने कम्पनीले जनाएकाे छ ।

यसमा ईन्टेलकाे हाइब्रिड काेर आई फाइभको तुलनामा ५० प्रतिशत थप राम्रो परफरमेन्स र ब्याट्री लाईफ भएकाे दाबी कम्पनीकाे छ । यसको राम्रो पक्ष भनेकै धेरै दिनसम्म ल्यापटप/पिसीकाे ब्याट्री टिक्छ ।

सन् २०२० काे अन्त्यसम्म डिभाइसहरूमा याे चिपकाे प्रयाेग हुने बताइएकाे छ । क्वालकमका पार्टनरहरू एसर, एचपी लगायतले अबका डिभाइसमा याे चिप प्रयाेग गर्न पाउनेछन् । एसर कम्पनीले हालै घोषणा गरेको पहिलो फाइभजी ल्यापटप स्पिन सेभेनमा यो प्रोसेसर प्रयोग हुने जनाइसकेकाे छ ।

एट सीएक्स जेन टू फाइभजी क्वालकमको दोस्रो प्रोसेसर हो, जसले फाइभजी कनेक्टिभिटी दिन्छ । यसमा नयाँ भनेकाे वाईफाई सिक्स प्रविधि छ ।

यो नयाँ चिपले ठूलादेखि साना उद्ममी र अध्ययन अध्यापनकाे क्षेत्रमा रहेका व्यक्तिहरूलाई फाइदा पुर्‍याउने विश्वास कम्पनीकाे छ । साथै यसले आईटी एडमिनिस्ट्रेटरका लाथि आफ्ना कम्प्युटर जताबाट पनि म्यानेज गर्ने सुविधा दिएको छ । चिपले माइक्रोसफ्ट सेक्युर्ड कोर पीसी र विन्डोज हाईपरभिजरलाई पनि सपोर्ट गर्दछ ।

यसका अतिरिक्त यो चिपले आर्टिफिसियल इन्जीन समावेश गरेको छ, जसले कम्प्युटरमा एआई एक्सिलेरेटेड प्रोग्रामहरुमा सपोर्ट गर्दछ ।

साथै अर्काे महत्वपूर्ण विशेषता भनेकाे याे चिपमा फाेरके एचडीआर सम्मकाे भिडियाे रेकर्डिङ गर्न ३२ मेगापिक्सेलसम्मकाे हाई रिजाेलुसन क्यामेरा माेड्युलकाे क्षमता छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०