close

बिहीबार ह्वावेको ‘नोभा एट एसई’ सार्वजनिक हुँदै, यस्ता छन् मुख्य विशेषता

टेकपाना टेकपाना

कात्तिक १८, २०७७ १९:४९

बिहीबार ह्वावेको ‘नोभा एट एसई’ सार्वजनिक हुँदै, यस्ता छन् मुख्य विशेषता

काठमाडौं । गत अप्रिलमा नोभा सेभेन एसई र गत महिना नोभा सेभेन एसई फाइभजी सार्वजनिक गरेको ह्वावेले बिहीबार नोभा एट एसई सार्वजनिक गर्ने घोषणा गरेको छ । कम्पनीले उक्त फोन चीनको स्थानीय समय अनुसार दिनको २ बजे सार्वजनिक गर्नेछ । 

ह्वावेले वाइबोमा जारी गरेको टिजरमा एट एसईमा पछाडि चारवटा क्यामेरा छ । फोटोग्राफीका लागि याे फाेनकाे क्यामेरा उपयाेगी हुने अनुमान गरिएकाे छ ।

फाेनमा ६४ मेगापिक्सलको मुख्य क्यामेरा छ । यसबाहेक यसमा ८ मेगापिक्सलको अल्ट्रावाइड र दुई मेगापिक्सेलको सेन्सर छ । सेल्फी फोटो तथा फ्रन्ट भिडियोका लागि १६ मेगापिक्सेलको क्यामेरा रहेको छ । 

डिस्प्लेको कुरा गर्दा ६.५३ इन्चको एफएचडी प्लस ओलेड स्क्रिन रहेको छ । जसमा ६० हर्जको रिफ्रेस रेट रहेको छ । यसमा ८ जीबी र्‍याम र १२८ जीबी इन्टर्नल स्टाेरेज क्षमता रहनेछ ।

यसको ब्याट्री ब्याकअपको कुरा गर्दा अहिलेको फ्ल्यागशिप फोनको तुलनामा कमजोर रहेको छ । यसमा ३८०० एमएएचको ब्याट्री र ६६ वाटको फास्ट चार्जिङ छ । 

फोनको फ्रेमको दायाँतिर पावर बटन र भोल्युम रकर राखिएको छ । यसमा आइफोन ट्वेल्भको जस्तै फ्ल्याट फ्रेम छ । 

यो फोन ह्वाइट र ब्लु गरी दुई कलर अप्सनमा उपलब्ध हुनेछ । यो फोनको १७८ ग्राम तौल र ७.४६ एमएम मोटाइ छ । यसमा मेडिया टेक डाइमेन्सिटी ८०० यु प्रेसेसर छ । यसकाे मूल्य थाहा पाउन भने बिहीबारसम्म नै कुर्नुपर्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०