close

यसरी आफैं खोज्नुहोस् चोरी भएको वा हराएको स्मार्टफोन

टेकपाना टेकपाना

कात्तिक १९, २०७७ १२:५८

यसरी आफैं खोज्नुहोस् चोरी भएको वा हराएको स्मार्टफोन

काठमाडौं । यदि तपाईं आफ्नो चोरी भएको वा हराएको एन्ड्रोइड फोन खोजिरहनु भएको छ भने तपाईंका लागि यो टिप्स उपयोगी हुन सक्छ । आज हामी तपाईंलाई आफ्नो हराएको एन्ड्रोइड स्मार्टफोन कसरी पत्ता लगाउने भन्ने बारेमा बताउँदै छौं ।

गुगलकाे फाइन्ड माई डिभाइस नामक एप वा वेबसाइटको माध्यमबाट तपाईं आफ्नो हराएको वा चोरी भएको एन्ड्रोइड फोन फेला पार्न र त्यसलाई लक गर्नका लागि प्रयोग गर्न सक्नुहुनेछ ।

यदि तपाईंले चाहनुभयो भने यो एपबाट आफ्नो हराएको वा चोरी भएको फोनमा रहेका सबै डेटा डिलिट गर्न पनि सक्नुहुन्छ । सँगसँगै सामसङको मोबाइल हो भने हालै सार्वजनिक स्मार्टथिङ्स फाइन्ड नामक एपको समेत प्रयोग गर्न सक्नुहुनेछ ।

जसबाट तपाईं आफ्नो हराएको डिभाइसलाई इन्टरनेट तथा मोबाइल नेटवर्क नभएको अवस्थामा समेत ट्र्याक गर्न सक्नुहुनेछ ।

गुगलकाे ‘फाइन्ड माई डिभाइस’ यसरी प्रयाेग गर्नुहाेस्

सबैभन्दा पहिला आफ्नो गुगल अकाउन्टमा साइन ईन गर्नुपर्ने हुन्छ । त्यसपछि स्क्रिनमा स्वतः रजिस्टर्ड डिभाइस देखा पर्नेछ । अब तपाईंले आफ्नो डिभाइसलाई लोकेट गर्नका लागि एउटा साउन्ड प्ले गर्न सक्नुहुनेछ ।

यसबाहेक तपाईं डिभाइसलाई लक गरेर त्यसमा रहेका व्यक्तिगत डेटा डिलिट गर्न तथा स्क्रिनमा म्यासेज डिस्प्ले गराएर सुरक्षित समेत गर्न सक्नुहुनेछ । अर्थात वेब पेज इमर्जेन्सीमा आफ्नो एन्ड्रोइड फोन खोज्न, लक गर्न र डेटा इरेज गर्नेजस्ता काम गर्न सक्नुहुनेछ ।

यो सबै काम गर्नका लागि तपाईंको एन्ड्रोइड फोन तपाईंको गुगल अकाउन्टसँग कनेक्ट भने हुन जरुरी छ । यसबाहेक फोन टर्न हुन जरुरी छ भने इन्टरनेटसँग जोडिएको हुनुपर्दछ ।

यदि तपाईंले एउटै ईमेल एड्रेसबाट कयौं डिभाइस रजिस्टर गराउनु भएको छ भने मेनुमा गएर सही डिभाइस छनौट गर्नुहोस् । हालै मात्र गुगलले एउटा अपडेटबाट आफ्नो सर्च रिजल्ट पेजमा केही नयाँ फिचर थप गरेको छ ।

अब प्रयोगकर्ताले सोझै सर्च रिजल्टबाट आफ्नो अकाउन्टको सहयोगमा कुनै पनि रजिस्टर्ड डिभाइसलाई लोकेट गर्न सक्नेछन् । ‘ह्वेर इज माइ फोन ?’ जस्ता सर्च फ्रेजको प्रयोग गर्दा तपाईं आफ्नो डिभाइसको लोकेसन थाहा पाउन सक्नुहुनेछ ।

एकपटक लोकेसन प्राप्त भएपछि तपाईं रिंङ्ग फङसन प्रयोग गर्न सक्नुहुनेछ । यो फङसनका लागि तपाईंले रिङ अप्सनलाई छनौट गर्नुपर्ने हुन्छ । यदि तपाईंसँग ल्यापटप छैन भने पनि चिन्ता लिनुपर्ने जरुरी छैन ।

तपाईं आफ्नो हराएको वा चोरी भएको फोन ट्र्याक गर्नका लागि अरु कसैको फोनको प्रयोग समेत गर्न सक्नुहुनेछ । तपाईंले फोनको ब्राउजर प्रयोग गर्ने ठाउँमा तपाईंले फाइन्ड माइ डिभाइस एप प्रयोग गर्नुपर्ने हुन्छ ।

तपाईंले गेस्ट मोड तथा गुगल अकाउन्टको युजरनेम तथा पासवर्डको प्रयोग गरेर साइन ईन गर्न सक्नुहुन्छ । यसरी तपाईं आफ्नो हराएको वा चोरी भएको डिभाइस ट्र्याक गर्न, रिङ दिन, डेटा डिलिट गर्न जस्ता कामका लागि प्रयोग गर्न सक्नुहुनेछ ।

सामसङ ग्यालेक्सी डिभाइस कसरी फेला पार्ने ?

सामसङले हालै ग्यालेक्सी स्मार्टफोन, स्मार्ट वाच, ट्याब्लेट र इयरबड्स खोज्न सहज हुने गरी स्मार्टथिङ्स फाइन्ड नामक एप सार्वजनिक गरेको छ ।

यो एपको खास विशेषता के छ भने यसले बिना इन्टरनेट र मोबाइल नेटवर्क हराएका सामसङ ग्यालेक्सी डिभाइस खोज्न सहयोग गर्दछ । कम्पनीले यो एपसँग जोडिएका विवरण शेयर गरेको छ ।

स्मार्ट थिङ्स फाइण्ड एपकाे प्रयाेग यसरी गर्नुहाेस्

  • स्मार्ट थिंक्स फाइण्ड एप खोल्नुहोस् । एप डाउनलोड गर्न एन्ड्रोइडका लागि यहाँ र आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् ।
  • ‘लोकेट योर डिभाइस एनिटाइम, एनिह्वेयर’ लेखिएको स्पेसमा ट्याप गर्नुहोस् ।
  • एपले माग गरेको जानकारी भरेर एप चलाउन सुरु गर्नुहोस् ।
  • तपाईले खोज्न चाहेको डिभाइस वा ग्याजेटको आइकनमा ट्याप गर्नुहोस् ।
  • अब ‘सर्च नियरबाई’ अप्सनमा ट्याप गर्नुहोस् । यसले डिभाइस खोज्नलाई म्याप तथा अग्मेन्टेड रियालिटी प्रयोग गर्दछ ।
  • डिभाइस एकपटक ट्रयाक भइसकेपछि अब डिभाइसलाई खोज्न ‘नेभिगेट’ आइकनलाई ट्याप गर्नुहोस् ।
  • अब ‘रिङ’ अप्सनमा ट्याप गरेर यो प्रक्रियालाई चाँडाे बनाउनुहोस् । ताकि तपाईंको स्मार्टवाच प्रयोग गरेर स्मार्टफोन खोज्न सकियोस् ।
  • स्मार्ट थिंङ्स फाइन्ड एपले डिभाइस कनेक्ट भएको लोकेसन पनि देखाउन सक्छ । यो एप एन्ड्रोइड एट अपरेटिङ भर्सन र त्यसमाथिका भर्सनहरुमा काम गर्दछ । तर डिभाइस स्विच अफ हुँदा यसले काम गर्छ वा गर्दैन, त्यो भने स्पष्ट भएको छैन ।

सामसङको यो एप एप्पलको ‘फाइण्ड माइ आईफोन’ एप जस्तै छ । यदि तपाईंको डिभाइस ३० मिनेटभन्दा लामो समय अफलाइन भयो भने यसले बीएलई सिग्नल उत्पन्न गराउँछ, जुन अन्य डिभाइसले प्राप्त गर्दछ ।

यदि तपाईंले स्मार्टथिंङ्स फाइण्डमार्फत आफ्नो डिभाइस हराएको रिपोर्ट गर्नुभयो भने हेल्पिङ फाइण्डको स्टाटसमा बसेको कुनै पनि नजिकको सामसङ डिभाइसले सामसङको सर्भरलाई त्यसको लोकेसनको बारेमा अलर्ट गरिदिन सक्छ ।

त्यसपश्चात तपाईको डिभाइसमा त्यसको नोटिफिकेसन आउँछ । सामसङका अनुसार यस एपले प्रयोगर्कताको सम्पूर्ण डेटालाई इन्क्रिप्ट गरिदिन्छ र सबै कुरा सुरक्षित रहन्छ ।

साथै डिभाइसको लोकेसन पनि डिभाइसको स्वामित्वकर्ता बाहेक अरुलाई नखुलाइने कम्पनीले बताएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०