काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटर नियन्त्रणभन्दा बाहिर गएको आरोप लगाएका छन् । आफ्ना ४ ट्वीटलाई ट्वीटरले हाइड (नदेखिने) गराइदिएपछि ट्रम्पले यो आक्रोश पोखेका हुन् ।
राष्ट्रपतिका उम्मेदवारसमेत रहेका ट्रम्पले चुनाव धाँधली भएको र तत्काल मतगणना रोक्न अनुराेध गर्दै ट्वीट गरेका थिए । बिहीबार राती पाँच घण्टाकाे बीचमा ट्रम्पका चार ट्वीटमा लेवल लगाउँदै प्रयाेगकर्ताहरूले रिट्वीट गर्न नसक्ने बनाएकाे थियाे ।
Twitter is out of control, made possible through the government gift of Section 230!
ट्वीटरले लेवल लगाउँदै उल्लेख गरेकाे छ, ट्वीटरमा शेयर गरिएका केही वा सबै सामग्री विवादित छन् र चुनाव वा अन्य सिभिक प्राेसेससम्बन्धी भ्रामक हुन सक्छन्।
यसपछि ट्रम्पले सामाजिक सञ्जाल ट्वीटर आफ्ना विरुद्धमा गएको भन्दै सेक्सन २३० कानून सम्झाएका छन् जसले सोसल मिडियालाई आफ्नो प्लटफर्ममा कन्टेन्ट परिमार्जन गर्न दिने अधिकार दिएको छ ।