close

दराजको अनलाइन सेलमा नबिल बैंकका ग्राहकलाई २० प्रतिशतसम्म छुट

टेकपाना टेकपाना

कात्तिक २२, २०७७ ११:१९

दराजको अनलाइन सेलमा नबिल बैंकका ग्राहकलाई २० प्रतिशतसम्म छुट

काठमाडौं । ईकमर्स कम्पनी दराजले आगामी कात्तिक २६ गते (नोभेम्बर ११) का दिन गर्ने ११.११ अनलाइन सेलमा नबिल बैंकका ग्राहकले छुट पाउने भएका छन् ।

ग्राहकले नबिल कार्ड प्रयोग गरी सो दिन दराजमा उपलब्ध हुने कुनै पनि सामानमा २० प्रतिशत (तीन हजार रुपैयाँसम्म) छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

११.११ मा ग्राहकहरुले मेगा डिल, फ्ल्यास सेल्स, बैंक डिस्काउन्ट, निःशुल्क डेलिभरी, भौचरहरु र अन्य मार्फत ६ हजारभन्दा बढी विक्रेताहरू र १६० भन्दा बढी राष्ट्रिय र अन्तर्राष्ट्रिय आधिकारिक ब्रान्डहरुले बेच्दै आएका ५ लाखभन्दा बढी उत्पादनहरुमा यस्ताे छुट पाउनेछन् ।

नबिल बैंकले याे छुटको सदुपयाेग गर्न ग्राहकले नबिल कार्ड एक्टिभेट गर्न अनुराेध गरेकाे छ । ११.११ को दिनमा दराज एप र वेबसाइटमा पाँच लाखभन्दा बढी प्रयोगकर्ताहरूको उपस्थिति हुने अनुमान गरिएको छ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०