close

विश्वभर रेड्मी नोट सिरिजका १४ करोड स्मार्टफोन बिक्री

टेकपाना टेकपाना

मंसिर ५, २०७७ १४:३१

विश्वभर रेड्मी नोट सिरिजका १४ करोड स्मार्टफोन बिक्री

काठमाडौं । साओमीले आफ्नो रेड्मी नोट सिरिज अन्तर्गत १४ करोड सेट स्मार्टफाेन विश्वभर बिक्री गरिसकेको बताएको छ । रिसर्च कम्पनी ओमडियाको अनुसार २०२० को अघिल्लो ६ महिनामा नोट ८ बिक्रीको मामिलामा विश्वकै दोस्रो उत्कृष्ट फोनको रुपमा देखा परेको हो । 

गत वर्षको अक्टोबरमा कम्पनीले रेड्मी नोटको १० करोड युनिट बिक्री गरेको थियो । तर कम्पनीले यस वर्षको मार्च महिनामा यसको बिक्री संख्या ११ करोड पुर्‍यायाे ।

रेड्मीले अत्याधिक बिक्री गरेको नोट एट सिरिजमा नोट एट बेस मोडल, नोट एट टी, नोट एट प्रो रहेका छन् । गत मेमा यी फोनहरुको बिक्री संख्या तीन करोड पुगेको थियो । २०१९ को अन्तिम त्रैमासमा बिक्री हुने शीर्ष दश फोनको सूचीमा यसको भानिला र प्रो मोडल पनि थिए । 

रेड्मीले यसै मार्च महिनामा नोट नाइन सिरिज फोन सार्वजनिक गर्ने घोषणा गर्‍यो । तर हालसम्म यसको सेल्स फिगर भने बाहिर सार्वजनिक भइसकेको छैन । यसैबीच रेड्मीले नोभेम्बर २४ मा रेड्मीका नोट नाइन फाइभजी र नोट नाइन प्रो फाइभजी सार्वजनिक गर्ने बताएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०