काठमाडौं । टेक कम्युनिटी नेपाल (टीसीएन)ले सूचना प्रविधि सम्बन्धी एक दिने निःशुल्क वर्कशप आयोजना गर्ने भएको छ । कम्युनिटीले प्लस टू सकेका युवा विद्यार्थीलाई लक्षित गर्दै आगामी मंसिर २६ गते आईटी सम्बन्धी विविध विषयमा कार्यशाला सञ्चालन गर्ने भएको हो ।
कार्यक्रम दिउँसो १ बजेदेखि ३ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । जसमा प्रोग्रामिङ, सफ्टवेयर डेभलपमेन्ट, नेटवर्किङ, ग्राफिक डिजाइनिङ, वेब पेज डेभलपमेन्ट, आईओटी र साइबर सेक्युरिटी विषय सिकाईनेछ ।
कार्यक्रमका लागि मङ्सिर ७ गतेसम्म ईमेल मार्फत आवेदन खुला गरिएको थियो । यद्यपी अझै पनि प्लस टू सकेका इच्छुक विद्यार्थीले आफ्नो परिचय सहित अनलाइन आवेदन दिन सक्नेछन् । त्यसका लागि यहाँ क्लिक गरी ईमेल पठाउनु पर्नेछ ।
कार्यक्रम टीसीएनकै अफिसियल फेसबुक पेजमार्फत लाइभ प्रसारण समेत हुनेछ । आवेदन भर्न छुटेका इच्छुक युवा विद्यार्थीहरुले टेक कमिनिटी नेपालको अधिकारिक फेसबुक पेजमा सम्पर्क गर्न सक्ने टीसीएनका सस्थापक तथा कार्यकारी निर्देशक प्रविन बरालले बताए ।
नेपालमा केन्द्रीय कार्यालय रहेको टर्क कम्युनिटी नेपालका लागि अस्ट्रेलिया र कतारमा समेत सम्पर्क गर्न सकिनेछ । कम्पनीले छोटो समयमै नेपाली युवा लक्षित विभिन्न कार्यक्रम र तालिम सञ्चालन गर्दै आएको छ ।
जसबाट आफ्नो करियर बनाउने योजनामा रहेका युवाहरुलाई सही सल्लाह सुझाव तथा परामर्श र इन्टर्नशिपका साथै रोजगारीका लागि सहयोग पुगिरहेको बरालले बताए । कम्पनीले वर्कशपमा समावेश गरिएका विषयसँग सम्बन्धित सेवा उपलब्ध गराउँदै आएको छ ।