close

मोबाइलमै महिनाभर ढुक्कले इन्टरनेट चलाउनु छ ? यो प्याक राेज्नुस्

टेकपाना टेकपाना

कात्तिक २९, २०७६ १३:५८

मोबाइलमै महिनाभर ढुक्कले  इन्टरनेट चलाउनु छ ? यो प्याक राेज्नुस्

नेपाल टेलिकमले धेरै डाटा खपत गर्ने मोबाइल प्रयोगकर्तालाई लक्षित गर्दै आकर्षक डाटा प्याक ल्याएको छ । जसअनुसार सात सय रुपैयाँमै २८ दिनसम्म चलाउन मिल्नेगरी १२ जीबी डाटा लिन सकिनेछ ।

अलटाईम डाटा प्याकको रुपमा टेलिकमले ल्याएको यो अफर अन्तरगतको डाटा जुनसुकै समयमा पनि प्रयोग गर्न सक्नुहुनेछ । सामान्यतया १२ जीबी डाटाले तपाईंलाई ढुक्कसँग इन्टरनेटमा भिडियो समेत हेर्न पुग्नेछ । याे डाटा फाेरजी वा थ्रीजी जुनसुकै नेटवर्कमा पनि प्रयोग गर्न मिल्ने टेलिकमले जनाएको छ ।

यो प्याक टेलिकमको मोबाइल एपबाट र सोझै एसएसडी कोड डायल गरेर समेत लिन सकिनेछ । मोबाइलमा ‘DATA12GB’ टाइप गरेर १४१५ मा म्यासेज गरेर तथा *1415# डायल गरेर यो डाटा प्याक लिन सकिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०