close

पोडकास्ट उद्योगमा आधिपत्य जमाउन अमेजनले किन्यो ‘वन्डरी’

टेकपाना टेकपाना

पुस १७, २०७७ १९:१७

पोडकास्ट उद्योगमा आधिपत्य जमाउन अमेजनले किन्यो ‘वन्डरी’

काठमाडौं । अमेजन कम्पनीले बुधबार अमेरिकी पोडकास्ट नेटवर्क वण्डरीको स्वामित्व अधिग्रहण गरेको छ । वण्डरी पोडकास्ट नेटवर्क ‘डर्टी जन’ र ‘डक्टर डेथ’ जस्ता शोहरुका लागि निकै लोकप्रिय छ । 

यससँगै वण्डरी अब अमेजन म्युजिकको एउटा हिस्सा बनेकाे छ । यद्यपि कम्पनीले आफ्ना प्रयोकर्ताहरुका लागि केही कुरा पनि परिवर्तन नहुने बताएको छ । साथै वण्डरीको पोडकास्ट पनि विभिन्न प्रदायकबाट निरन्तर उपलब्ध भइरहनेछ । 

तर सो सम्झौताको वित्तीय शर्त भने हालसम्म सार्वजनिक भएको छैन । तर २०१६ मा सुरु भएको वण्डरी पोडकास्टको डिल भ्याल्यु ३० करोड डलर भएको एक आन्तरिक जानकारले बताएका छन् । 

बुधबारको उक्त सम्झौतालाई एउटा महत्वपूर्ण कडीको रुपमा हेरिएको छ । बढ्दो स्ट्रिमिङ भिडियो मार्केटको भिडमा आफूलाई भिन्न बनाउन हाल कम्पनीहरु अडियो विशेषगरी पोडकास्टतिर आकर्षित भइरहेका छन् । 

अमेजनले सो वण्डरी सम्झौतालाई एउटा महत्वपूर्ण क्षण भएको बताएको छ । हाल एक तिहाई अमेरिकीबीच पोडकास्टको लोकप्रियता बढ्दो छ । महिनामा कम्तिमा एउटा पोडकास्ट सुन्ने बताउँछन् । 

अहिले पोडकास्ट उद्योगले मिडिया कम्पनीहरुलाई तीव्रगतिमा विकास हुने माध्यम प्रदान गरेको छ । पोडकास्टको माध्यमबाट यी कम्पनीहरुले शक्तिशाली स्वार्थ समूह प्रकाशक तथा लेबलहरुसम्म नपुगी आफैं अफर तयार गर्न सक्षम भएका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०