close

फेसबुकमा अब चर्चित व्यक्ति र ब्राण्डको पेजमा ‘लाइक’ बटन नहुने

टेकपाना टेकपाना

पुस २३, २०७७ ११:३८

फेसबुकमा अब चर्चित व्यक्ति र ब्राण्डको पेजमा ‘लाइक’ बटन नहुने

काठमाडौं । फेसबुकले समाजमा चर्चामा रहेका व्यक्तिहरुको फेसबुक पेजका लागि नयाँ डिजाइन सार्वजनिक गर्दै त्यसबाट ‘लाइक’ बटन हटाएको छ । कम्पनीले कलाकार, सार्वजनिक व्यक्तित्व र ब्रान्डहरुको पेजबाट लाइक बटन हटाएको हो ।

फेसबुकले बुधबार यस्ता पेजहरुका लागि नयाँ डिजाइन सार्वजनिक गरेको छ । योसँगै अब त्यस्ता पेजमा लाइक गर्न सकिने छैन । तर, यसको अर्थ उनीहरुसँग जोडिनै नमिल्ने भने होइन । त्यस्ता पेजमा फलो गर्न मात्रै मिल्ने भएको छ । यसबारे बुधबार फेसबुकले आफ्नो ब्लग पोष्टमार्फत जानकारी दिएको हो ।

फेसबुकका अनुसार अब त्यस्ता पेजमा फलोअरहरु मात्र देखाउनेछ । त्यहाँ छुट्टै समाचार फिड उपलब्ध हुनेछ । जहाँ प्रयोगकर्ताले अन्तरक्रिया गर्न, कुराकानीमा सामेल हुन, फ्यानहरूसँग संलग्न हुन सकिने उल्लेख गरिएको छ ।

यसरी लाइक बटन हटाउँदा त्यस्ता सार्वजनिक पेजमा गुणस्तरीय कन्टेन्ट उपलब्ध हुनेछ । पेजको पनि आफ्नो फलोअरप्रति ध्यान केन्द्रित हुने विश्वास फेसबुकले लिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१