काठमाडौं । एनसेलले केही समय अघिमात्रै व्यवसायी तथा सरकारी कार्यालयलाई लक्षित गर्दै ‘बिज प्लस’ प्लान ल्याएकाे छ । साना, मझौला तथा ठूला उद्यमी र सरकारी कार्यालयले आफ्नो आवश्यकता अनुसार छुट्टा-छुट्टै प्लान लिन मिल्ने गरी याे याेजना ल्याइएकाे छ ।
कोरोना महामारीका कारण देशभरका साना, ठूला सबै प्रकारका उद्योग धन्दा, कलकारखाना र व्यवसायले विभिन्न चुनौतीहरु भोगिरहेका छन् । यस्तो व्यवसायको सहजताको लागि भन्दै एनसेलले बिजप्लस प्लान ल्याएको हो ।
यो प्लान नयाँ भने होइन । किनभने कम्पनीले यसअिघ नै यो प्लान उपलब्ध गराउँदै आएको भएता पनि त्यसलाई परिमार्जित गरी अझ समय सान्दर्भिक बनाएको हो । योसँगै अझ सुलभ दरमा थप सेवा सुविधा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
साना तथा मझौला व्यवसाय, ठूला उद्योग र सरकारी कार्यालयलाई लक्षित गरी ल्याइएको उक्त प्लानमा भ्वाइस, डेटा, एसएमएसका साथै उपयोगी सम्पूर्ण डिजिटल सेवाहरु समावेश गरिएका छन् ।
जसमध्ये साना तथा मझौला उद्योग र सरकारी कार्यालय तथा निकायहरुले ३० दिनका लागि करबाहेक रु. १४९ बाट सुरु हुने बिजप्लस प्लान लिन सक्छन् ।
त्यस्तै ठूला उद्योग तथा कर्पोरेटले मासिक करबाहेक रु. २९९ बाट सुरु हुने प्लानहरु सुचारु गर्न सक्छन् ।
जसमा ग्राहकले एनसेल नेटवर्कभित्र बिजनेश आवरमा निःशुल्क भ्वाइस तथा एसएमएस गर्न, एफएनएफ अर्थात परिवार तथा साथिभाइका कुनै दुईवटा निश्चित नम्बरमा अनलिमिटेड कल गर्न र मासिक रेन्टल शुल्क तिर्न नसकेमा पनि सेवा रद्द नहुने जस्ता आकर्षक सुविधाहरु पाउँछन् ।
यसका साथै बिजप्लान प्लस प्रयोग गर्ने ग्राहकले विभिन्न डिजिटल सेवा, डाक्टरसँग परामर्श, कर्पोरेट युजर ग्रुप निःशुल्क कल तथा एसएमएस, मोबाइल सेक्युरिटी लगायत थप आकर्षक सेवाहरु प्राप्त गर्ने उल्लेख छ ।
त्यसैले यहाँ हामी कुन व्यवसायले एनसेलले उपलब्ध गराएको कुन प्लान लिँदा उपयुक्त हुन्छ भन्ने विषयमा जानकारी दिँदैछौं ।