काठमाडौं । डिशहोमले गत वर्षकाे फागुनदेखि सञ्चालनमा ल्याएको ‘डिशहोममा डिलर दाइको डिस्काउट’ नामक अफर माघ २९ गतेसम्म सञ्चालन गर्ने भएकाे छ ।
यस अन्तर्गत हालसम्म ९० जना भाग्यशाली ग्राहकले जनही एकलाख नगद जितेका छन् । भने, अन्य वार्षिक रिचार्ज गर्ने ग्राहकहरुले पनि रिचार्ज रकममा आकर्षक छुट प्राप्त गरेका छन् ।
न्यूनतम शुल्कमा ग्राहकले गुणस्तरीय सेवा उपभोग गर्न सकुन् भन्ने उद्देश्यले ल्याइएको उक्त योजना आउँदो शुक्रबारदेखि सकिनेछ ।
नेपालभर रहेका डिशहोमका डिलर मार्फत फण्ड ट्रान्सफर वा कुनै पनि अनलाइन माध्यमबाट वार्षिक रिचार्ज गरे बापत लक्की ड्र मा भाग लिने सकिनेछ ।
कम्पनीका अनुसार यही माघ २९ गते सम्म रिचार्ज गर्ने ग्राहकले भने यो योजनामा सहभागी भई अन्तिम पटक एक लाख जित्न सक्नेछन् ।
कम्पनीले माघ ३० देखि यो योजनाको लक्की ड्र सकिए पनि डिस्काउन्ट अफर भने कायमै रहने बताएकाे छ ।