close

११ सय ३० रूपैयाँमा प्रभुकाे ३० एमबीपीएस इन्टरनेट र टिभी

टेकपाना टेकपाना

फागुन १९, २०७७ १३:१

११ सय ३० रूपैयाँमा प्रभुकाे ३० एमबीपीएस इन्टरनेट र टिभी

काठमाडौं । इन्टरनेट सेवाप्रदायक प्रभु डिजिटलले ग्राहकका लागि नयाँ अफर ल्याएकाे छ । यसअन्तर्गत कम्पनीकाे इन्टरनेट सेवा सुचारू गर्दा ग्राहकले जडान खर्च, राउटर, फाइबर र आईपी टिभीका लागि अतिरिक्त शुल्क तिर्नुपर्दैन ।

कम्पनीका अनुसार यो अफरमा ग्राहकले ३०, ५० र ६० एमबीपीएसको इन्टरनेट चलाउन पाउनेछन् । याे अफर प्रयाेग गर्न वार्षिक ग्राहक बन्नुपर्छ ।

१३ हजार ५ सय ६० रुपैयाँ तिरेर ३० एमबीपीएस इन्टरनेटकाे वार्षिक ग्राहक बन्न सकिन्छ । वार्षिक रुपमा तिर्ने शुल्कको आधारमा एक महिनाको शुल्क ११ सय ३० रुपैयाँ हुन आउँछ । तर ग्राहकले सुरुमै वार्षिक शुल्क एकमुष्ट तिर्नुपर्ने हुन्छ ।

त्यस्तै १८ हजार ५ सय रुपैयाँमा ५० एमबीपीएस र २२ हजारमा ६० एमबीपीएसको इन्टरनेट एक वर्षसम्म प्रयोग गर्न सकिनेछ ।

यी प्याकेजका इन्टरनेट सेवा लिँदा ग्राहकले निःशुल्क प्रभु टिभी हेर्न पाउने पाउने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४