काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नेपाल क्लियरिङ हाउस लिमिटेडले वित्तीय क्षेत्रमा डिजिटाइजेशन र महिलाको पहुँच विषयमा वेबिनार सम्पन्न गरेको छ ।
वित्तिय क्षेत्रको नेतृत्वदायी भूमिकामा संलग्न महिला र उनीहरुको प्रगतिबारे प्रतिबिम्बित गर्न, परिवर्तनको आह्वान गर्न र महिलाहरूको साहस र दृढ संकल्पको उत्सव मनाउन अन्तर्राष्ट्रिय महिला दिवस सप्ताह मनाइरहेको छ ।
यस अन्तर्गत “डिजिटल सात, मनाऔँ नारी दिवस कनेक्ट आईपीएसका साथ‘ भन्ने नारा सहित कम्पनीले डिजिटाइजेशनलाई प्रवर्द्धन गरिरहेको छ ।
यसै क्रममा यो वेबिनार आयोजना गरिएको हो, जसमा नेपालको वित्तीय क्षेत्रमा लामो समयदेखि काम गरिरहेका महिला वक्ताहरुको उपस्थिति रहेको थियो ।