close

एसर कम्पनीमाथि साइबर हमला, ह्याकरले मागे झण्डै ६ अर्ब फिरौती

टेकपाना टेकपाना

चैत ११, २०७७ १२:३२

एसर कम्पनीमाथि साइबर हमला, ह्याकरले मागे झण्डै ६ अर्ब फिरौती

काठमाडौं । चर्चित ल्यापटप निर्माता कम्पनी एसरकाे सिस्टम ह्याक भएको छ । सिस्टमलाई पुरानै अवस्थामा फिर्ता गर्न ह्याकर समूह आरइभिलले कम्पनीसँग ५ करोड डलर अर्थात झण्डै ६ अर्ब रूपैयाँ बराबरकाे रकम माग गरेको छ ।

उक्त समूहले एसरको सिस्टम ह्याक गरेको प्रमाणित गर्न एसरसँगको कुराकानी, वित्तीय स्प्रेडसिट्स, बैंक ब्यालेन्स, बैंकसँगको कुराकानी लगायतका सम्पूर्ण विवरण सार्वजनिक गरेको छ ।

एसरले सकरात्मक प्रतिक्रिया नदिए उसको पनि सोलारविण्ड्स ओरियन सफ्टवेयरका क्लाइन्टको जस्तै दुर्भाग्य हुने चेतावनी साे समूहले दिएको छ ।

गत डिसेम्बरमा आरइभिलले ओरियन सफ्टवेयर कम्पनीको सिस्टमलाई सप्लाई चेन अट्याकद्वारा ह्याक गरेको थियो ।

विभिन्न टूरसञ्चार कम्पनी तथा अमेरिकी सरकारी सुरक्षा एजेन्सीले हायर गरेका अकाउन्टिङ कम्पनी लगायत ४५० वटा कम्पनीहरुले ओरियनको सेवा लिइरहेका थिए । त्यसबेला ती सबै कम्पनीहरुले आफ्नो डेटा गुमाउनु परेको थियो ।

सोही समूहले हालै माइक्रोसफ्ट एक्सचेन्ज सर्भरभित्र भएको भल्नरेबिलिटीलाई पनि एक्स्प्लोइट गरेका थिए । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१