close

एनआईसीकाे पनि डलर कार्ड, अब नेपालबाटै विदेशमा भुक्तानी गर्न मिल्ने

टेकपाना टेकपाना

चैत १७, २०७७ १४:५५

एनआईसीकाे पनि डलर कार्ड, अब नेपालबाटै विदेशमा भुक्तानी गर्न मिल्ने

काठमाडौं । एनआईसी एसिया बैंकले विभिन्न विदेशी अनलाइन माध्यमबाट खरिद गरिने सामग्री तथा सेवाको लागत रकम स्वदेशबाटै भुक्तानी गर्न सकिने सुविधा भएको प्रिपेड डलर कार्ड जारी गरेको छ ।

नेपाल राष्ट्र बैंकले बैंकहरुलाई विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्न सक्ने सुविधा दिएसँगै बैंकले यो कार्ड जारी गरेको हो ।

भिसा कार्डमा आधारित हुने यस कार्डमार्फत ग्राहकले वार्षिक अधिकतम ५०० अमेरिकी डलर बराबरको अनलाइन किनमेल गरी भारत र भुटानबाहेक विश्वका अन्य मुलुकमा भुक्तानी गर्न सक्नेछन् ।

कार्ड प्राप्त गर्न लागि ग्राहकले केवाईसी विवरण अद्यावधिक गरिएको खातासँगै प्यान कार्ड हुनुपर्नेछ । यस सुविधामार्फत ग्राहकले स्वदेशमै रहेर पनि प्रतिष्ठित अन्तर्राष्ट्रिय ई–कमर्श प्लाटफर्म मार्फत किनमेल गर्न सहज हुने बैंकले विश्वास लिएको छ ।

उक्त कार्ड जारी गर्दा बैंकले कार्ड शुल्कबापत निश्चित रकम लिनेछ भने पहिलोपटक डलर लोड गर्दा निःशुल्क हुने बैंकले जनाएको छ ।

बैंकका अनुसार ग्राहकले एकैपटक वा पटक–पटक गरी एक वर्षमा अधिकतम ५ सय अमेरिकी डलर बराबर सटही गरी कार्डमा लोड गर्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३