close

फुटबल क्लब ‘एफसी चितवन’लाई प्रायोजन गर्दै डिशहोम

टेकपाना टेकपाना

बैशाख १०, २०७८ १८:४

फुटबल क्लब ‘एफसी चितवन’लाई प्रायोजन गर्दै डिशहोम

काठमाडौं । भोली अर्थाथ वैशाख ११ गते देखि नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपरलिग (एनएसएल) सुरु हुँदैछ । उक्त लिगमा सहभागी टिम फुटबल क्लब(एफसी) चितवनलाई डिशहोमले प्रायोजन गर्ने भएको हो ।

प्रायोजनका लागि डिशहोम र एफसी चितवनबिच सम्झैता भइसकेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सम्झौता पत्रमा डिशहोमका प्रबन्ध निर्देशक सुदिप आचार्य र एफसि चितवनका अध्यक्ष सचिन ढकालले हस्ताक्षर गरेका छन् ।

भरत खवास मुख्य खेलाडी रहेको एफसि चितवनबाट सर्बियाका गोरेन जर्कोभिक, ईजिप्सियन खेलाडी एल सायेद शावन र अहमेद मोहमेद माबाला लगाएतका खेलाडी खेल्दैछन् ।

मेघराज केसीको प्रशिक्षणमा रहेको एफसि चितवनको टिममा विकाश खवास, विकाश तामाङ, बिवश चौधरी, अमित तामाङ, सिमन्त थापा, कुलदिप कार्की रहेका छन् । त्यस्तै बिशाल सुनुवार, रुप बहादुर लामा, मनिस थापा, स्यान्सु भुषाल, विश्व अधिकारी लगायतका खेलाडीले एफसि चितवनबाट खेल्नेछन् ।

खेल भोलिबाट सुरु हुने भएतापनि एफसि चितवनले आफ्नो पहिलो खेल वैशाख १३ गते सोमबार ललितपुर सिटी एफसीविरुद्ध खेल्नेछ । नेपाल स्पोर्टस इभेन्टस म्यानेजमेन्टले आयोजना गरेको एनएसएलमा विदेशी खेलाडी सहभागी सात नेपाली फुटबल क्लव ट्रफिकोलागि प्रतिस्पर्धा गर्नेछन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१