close

सयको रिचार्जमा सय नै बोनस दिँदै आईएमई पे

टेकपाना टेकपाना

बैशाख १२, २०७८ ८:१०

सयको रिचार्जमा सय नै बोनस दिँदै आईएमई पे

काठमाडाैं । डिजिटल वालेट ‘आईएमई पे’ ले नयाँ एप प्रयोगकर्तालाई लक्षित गरी ‘गृह प्रवेश’ अफरअन्तर्गत सयमा सय नै बोनस उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ ।

यो स्किममा सहभागी बन्न आईएमई पे डाउनलोड गरी आफ्नो मोबाइल नम्बर दर्ता गर्नुपर्नेछ । प्रयोगकर्ताको व्यक्तिगत विवरण (केवाईसी) फारम भरी कुनै न कुनै माध्यबाट आईएमई पे वालेटमा १०० रुपैयाँ जम्मा गर्नुपर्नेछ ।

त्यसमा १०० नै बोनस रकम तत्काल प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

‘आईएमई पे’मा मौज्दात हुन आउने रकमबाट मोबाइल रिचार्ज, घरायसी प्रयोगमा आउने सेवाहरू जस्तै, पानी, बिजुली, इन्टरनेटको महसुल एवम् सरकारी दस्तुर, टिकट आदिको भुक्तान घरमै बसीबसी मोबाइलबाटै गर्न सकिनेछ ।

यसका अतिरिक्त जुनसुकै स्थलगत क्यूआर कोड स्क्यानमार्फत भुक्तान पनि गर्न सकिन्छ । यी सवै सेवाका लागि ‘आईएमई पे’ डाउनलोड गर्न अनिवार्य हुन्छ । यो योजना यही वैशाख ८ देखि जेठ ७ गतेसम्म नयाँ प्रयोगकर्ताहरूका लागि मात्र कायम हुने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१