close

भारतमा मि ११ सिरिज सार्वजनिक, नेपालमा कहिले आउला ?

टेकपाना टेकपाना

बैशाख १२, २०७८ १२:४

भारतमा मि ११ सिरिज सार्वजनिक, नेपालमा कहिले आउला ?

काठमाडौं । साओमीले आफ्नो मि ११ सिरिजका तीनवटा मोडल भारतमा सार्वजनिक गरेको छ । कम्पनीले भर्चुअल समारोहमार्फत शुक्रबार उक्त लाइनअप सार्वजनिक गरेको थियो ।

भारतमा सार्वजनिक हुने मि ११ को पहिलो मोडल हो, मि ११ अल्ट्रा । यसबाहेक अल्ट्रासँगै सार्वजनिक भएका दुई अन्य मोडल मि ११ एक्स तथा मि ११ एक्स प्रो चीनमा गत फेब्रुअरीमै सार्वजनिक भएका रेड्मी के ४० र के ४० प्रो प्लसका रिब्राण्डेड मोडल हुन् ।

यी तीनैवटा मोडल साओमीका फ्ल्यागशिप फोन हुन्, जुन ट्रिपल क्यामेरा सेटअपसँगै आएका छन् ।

अल्ट्रा मोडलको कुरा गर्दा यसमा शक्तिशाली १२ जीबी र्‍याम र २५६ जीबीको भेरियन्ट छ । भारतमा यसको मूल्य ६९ हजार ९९० भारतीय रुपैयाँ अर्थात् एक लाख ११ हजार ९८४ नेपाली रुपैयाँ कम्पनीले तय गरेको छ । यो फोन कालो र सेतो रंगमा उपलब्ध छ ।

यस्तै अर्को फोन मि एक्स फोन भने दुई भेरियन्टमा उपलब्ध छ, जसमा बेस मोडलमा ६ जीबी र्‍याम र १२८ जीबी इन्टरनल स्टोरेज छ भने मूल्य २९ हजार ९९९ भारतीय रुपैयाँ रहेको छ । यस्तै अर्को मोडल ८ जीबी र्‍याम र १२८ जीबी इन्टरनल स्टोरेज रहेको छ, जसको मूल्य ३१ हजार ९९९ रहेको छ ।

साओमीले सार्वजनिक गरेको अर्को मोडल मि एक्स प्रोको कुरा गर्दा यो मोडल पनि दुई भेरियन्टमा उपलब्ध छ । पहिलो भेरियन्टमा ८ जीबी र्‍याम र १२८ जीबी इन्टरनल स्टोरेज रहेका छन्, जसको मूल्य ३९ हजार ९९० भारतीय रुपैयाँ रहेको छ ।

यस्तै अर्को भेरियन्टमा ८ जीबी र्‍याम र २५६ जीबी इन्टरनल स्टोरेज छ भने मूल्य ४१ हजार ९९९ भारतीय रुपैयाँ रहेको छ ।

मि ११ एक्स र एक्स प्रो दुवै मोडल सेलेस्टियल सिल्भर, कस्मिक ब्ल्याक र फ्रोस्टी ह्वाइट कलरमा उपलब्ध छन् ।

मि अल्ट्राको स्पेसिफिकेसनको कुरा गर्दा यस फोनमा ६.८१ इन्चको डब्लुक्युएचडी प्लस डिस्प्ले रहेको छ । जसमा १४४०x३२०० पिक्सेल रेज्युलेसन छ । यसमा १२० हर्जको रिफ्रेस रेट र ४८० हर्जको टच स्याम्पलिङ रेट छ ।

यसमा क्वालकम स्नापड्रागन ८८८ चिपसेट छ, जसमा एड्रिनो ६६० जीपीयू छ । यसकाे क्यामेरा सेटअपको कुरा गर्दा ५० मेगा पिक्सेलको प्राइमेरी सेन्सर, ४८ मेगा पिक्सेलको अल्ट्रावाइड एंगल लेन्स र ४८ मेगा पिक्सेलकै टेलिफोटो लेन्स रहेको छ । यसको फ्रन्ट क्यामेराको कुरा गर्दा २० मेगा पिक्सेलको सेल्फी शुटर रहेको छ ।

५ हजार एमएएचको ब्याट्री र ६७ वाटको वायर्ड र वायरलेस चार्जर यसमा छ । जसमा १० वाटको रिभर्स वायरलेस चार्जिङ सुविधा पनि छ । धुलो तथा पानी प्रतिरोधी क्षमताको कुरा गर्दा यो आईपी ६८ सर्टिफाइड छ । यो फोनकाे ताैल २३४ ग्रामको छ ।

अन्य दुई मोडल मि ११ एक्स र मि ११ एक्स प्रोको कसरा गर्दा एक/दुई वटा फरकबाहेक यी दुवै फोनको स्पेसिफिकेसन उस्तै नै छन् ।

दुवैमा ६.६७ इन्चको फ’ल एचडी प्लस एमोलेड डिस्प्ले छ, जसमा १०८०x२४०० पिक्सेलको रेज्युलेसन छ । दुवैमा १२० हर्जकै रिफ्रेस रेट छ भने टच स्याम्पलिङ रेट ३६० हर्जकाे छ ।

यी दुईको प्रोसेसर भने फरक छन् । ११ एक्समा क्लावकम स्नापड्रागन ८७० चिपसेट र अड्रिनो ६५० जीपीयू छ भने ११ एक्स प्रोमा ८८० चिपसेट र अड्रिनो ६६० जीपीयू छ ।

दुवै फोनमा ट्रिपल रियर क्यामेरा सेन्सर छन् । फ्रन्ट क्यामेरा पनि दुवै फोनमा २० मेगापिक्सेलका छन् । दुवै फोनमा ४५२० एमएएचको ब्याट्री र ३३ वाटको चार्जर छ भने दुवै फोनको तौल १९६ ग्राम छन् । 

भारतीय बजारमा भित्रिएसँगै नेपाली बजारमा यो सिरिजका नयाँ लाइनअप कहिले आउलान् भन्ने विषयको चर्चा सुरु भएको छ । साओमी नेपालले यी मोडल चाँडै बजारमा ल्याउने संकेत गरेपनि यसको रिलिज डेट र मूल्यबारे स्पस्ट जानकारी भने दिएको छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१