close

अस्ट्रेलियामा ५ वर्षको उमेरदेखि नै साइबर सुरक्षाको अध्ययन

टेकपाना टेकपाना

बैशाख १८, २०७८ १२:३१

अस्ट्रेलियामा ५ वर्षको उमेरदेखि नै साइबर सुरक्षाको अध्ययन

काठमाडौं । आजका बालबालिका प्रविधिसँग धेरै नजिक छन् । तर, उनीहरुलाई साइबर स्पेसमा हुनसक्ने खतराको विषयमा जानकारी छैन ।

उनीहरुले सानैदेखि आईफोन, आईप्याड, एन्ड्रोइड फोन ठूलो हो भन्ने बुझेका छन् । भने, युट्युव, इन्स्टाग्राम, टिकटकजस्ता एप जीवनको महत्वपूर्ण हिस्सा जस्तै ठानिरहेका छन् ।

तर, उनीहरुलाई यस्ता एपको असुरक्षा, डेटा प्राइभेसी र अनधिकृत रुपमा आएका ईमेल खोल्दा ठूलो असर पार्छ भन्ने कुरा सिकाइएको छैन ।

यो विषयमा लामो समयदेखि चर्चा हुँदै आएको छ । साइबर सुरक्षाको विषयलाई शैक्षिक पाठ्यक्रममै राख्नुपर्छ भन्ने बहस पनि हुने गरेकाे छ ।

यसैबीच अस्ट्रेलियाले भने यसलाई कार्यान्वयनमा ल्याउने भएको छ । अस्ट्रेलियाले ५ वर्षभन्दा माथिका विद्यार्थीले पढ्ने पाठ्यक्रममा साइबर सुरक्षालाई समावेश गर्ने भएको छ ।

योसँगै अष्ट्रेलिया तल्लो तहदेखि नै साइबर सुरक्षाको विषय अध्ययापन गराउने पहिलो देश बन्ने छ ।

अस्ट्रेलियामा हाल राष्ट्रिय पाठ्यक्रम परिमार्जनको क्रममा छ । परिमार्जनको क्रममा पाँच वर्षदेखि १६ वर्षसम्मका बालबालिकाले पढ्न पाठ्यक्रममा साइबर सुरक्षालाई समावेश गरिने छ ।

उमेरअनुसार पाठ्यक्रमलाई विस्तार गर्दै लगिने जनाइएको छ, जसमा अनलाइन सेफ्टी, डेटा प्राइभेसी र त्यस्ता घटनाको निवेदन दिने तरिकासमेत समावेश गरिने छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१