लुकिलुकी इन्टरनेटमा पोर्न हेर्ने गर्नुभएको छ ? ठगीमा पर्नुहोला, ख्याल गर्नुहोस्
माघ ११, २०७८ १७:१३
काठमाडौं । इन्टरनेटको दायरा बढ्दै जाँदा अनलाइनबाट हुने ठगी समेत बढ्दै गएको छ । कम्प्युटर तथा मोबाइलमा निलो अर्थात अश्लील चलचित्र हेर्ने प्रयोगकर्तालाई ठगीको शिकार बनाउने स्क्यामरको तरिका पुरानै हो ।
यद्यपि हालैको एउटा रिपोर्ट अनुसार पोर्न साइटमा प्रयोगकर्तालाई एउटा नक्कली पप-अप (एक प्रकारको बक्स) देखिन्छ । जसमा चेतावनीको भाषामा भनिएको हुन्छ, ‘पोर्न भिडिओ हेरेका कारण तपाईँको ब्राउजर लक गरिएको छ’ ।
एकजना सेक्युरिटी रिसर्चरले यस किसिमको ठगीको विषयलाई लिएर सचेत रहन आग्रह गरेका छन् । सन्दिग्ध यूआरएलको माध्यमबाट ब्राउजरमा त्यस्तो एउटा पूरा पेज पपअप हुने गर्छ । ब्राउजर अनलक गर्नका लागि बदलामा पैसा माग्ने गरिन्छ ।
जसमा मास्टर कार्डमार्फत पैसा तिर्न भनिएको हुन्छ । छिमेकी देश भारतमा फैलिरहेको यस किसिमको स्क्याममा तपाईँ पनि पर्न सक्नुहुन्छ ।
त्यसो त नेपालमा सरकारले पोर्न साइटहरूमाथि प्रतिबन्ध लगाएको छ । तर पनि विभिन्न तौरतरिका अपनाएर पोर्न देख्नुहुन्छ भने यस्ता पपअप आउँदा ब्राउजर विन्डो बन्द गरिदिनुहोस् । कम्प्युटरमा हुनुहुन्छ भने कन्ट्रोल, अल्ट र डिलिट बटन एकसाथ थिचेर टास्क म्यानेजरमा जान अथवा सोझै फोर्स शटडाउन पनि गर्न सक्नुहुन्छ ।
Beware of such scams where #hackers may ask you for money on the behalf of the #Ministry_of_Law_and_Justice. While browsing some websites you may get a #FullScreen Popup window and it will tell you that your PC has been locked by Ministry. Don't Pay. Check Pics… #infoSec pic.twitter.com/f2op9TmylP
— Rajshekhar Rajaharia (@rajaharia) January 24, 2022
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२
