close

इन्स्टाग्राममा पनि जन्ममिति चाहिने

टेकपाना टेकपाना

मंसिर २०, २०७६ १८:५५

इन्स्टाग्राममा पनि जन्ममिति चाहिने

फेसबुक स्वामित्वको फोटो सेयरिङ एप इन्स्टाग्रामले नयाँ प्रयोगकर्ताको लागि नयाँ नियमन ल्याउने भएको छ ।

जसअनुसार अबको केही समयमै इन्स्टाग्राम खाता खोल्ने प्रयोगकर्ताले अनिवार्य रुपमा आफ्नो जन्म मिति खुलाउनुपर्ने हुन्छ ।

हालसम्म इन्स्टाग्राम प्रयोग गर्ने प्रयोगकर्ताले आफ्नो उमेर वा जन्म मिति खुलाउनुपर्ने आवश्यकता थिएन ।

कम्पनीले भने उमेर अनुसारको सामग्री सुझाउनका लागि यस्तो नियमन ल्याउन लागेको प्रष्टीकरण दिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३