close

कुन कुन फोनमा चल्छ टेलिकमको भीओएलटीई ?

टेकपाना टेकपाना

जेठ ४, २०७८ १६:४३

कुन कुन फोनमा चल्छ टेलिकमको भीओएलटीई ?

काठमाडाैं । नेपाली बजारमा थरीथरीका फोन बोक्ने मानिसहरु छन् । स्मार्टफोन ब्राण्ड र तीनका मोडल धेरै भएपनि नेपाल टेलिकमले हालै सुरुवात गरेको भ्वाइस ओभर एलटीई (भीओएलटीई) सेवा सपोर्ट गर्ने ह्याण्डसेट भने सीमित संख्यामा छन् ।

टेलिकमले उपलब्ध गराएकाे सूचीअनुसार हाल सामसङका ३१ ओटा मोडलमा टेलिकमको यो सेवा प्रयोग गर्न सकिन्छ । त्यस्तै साओमीका ४ ओटा मोडलले मात्र भीओएलटीई सेवा सपोर्ट गरेका छन् । अर्को कम्पनी नोकियाका ३ ओटा फोनमा यो सेवा चलाउन सकिन्छ ।

यो सूचीबाहेक अन्य केही सेटहरूमा पनि भीओएलटीई सेवा इनेबल हुन थालेको छ । तर अहिलेका लागि अधिकांश प्रयोगकर्ता टेलिकमको याे नयाँ सेवाबाट वञ्चित हुन पुगेका छन् । फोन निर्माता कम्पनीहरुले भीओएलटीईका लागि अपडेट नल्याउँदा प्रयोगकर्तामा निराशा छाएको छ ।

नेपाली बजारमा सामसङ, साओमी, एप्पल, भिभाे, ओप्पो, रियलमी, वानप्लस, नोकिया, ह्वावेलगायतका सेट बोक्ने प्रयोगकर्ता बढी छन् । यीमध्ये अधिकांशले यो सेवा प्रयोग गर्न पाएका छैनन् ।

सेवा सञ्चालन नभइसकेको भएर पनि कतिपय मोबाइल निर्माता कम्पनीले यसप्रति चासो देखाएका थिएनन्। अब सेवा सञ्चालनमा आएसँगै मोबाइल निर्माता कम्पनीहरुलाई ग्राहकबाट समेत यो सेवा एक्टिभ गर्न दबाब आउन थालेकाे छ ।

आशा गरौं, निकट भविष्यकमै फाेन निर्माता कम्पनीले आफ्ना फोरजी सेटमा यो फिचर अपग्रेड गर्नेछन् ।

यी मोबाइल सेटमा चल्छ टेलिकमको भीओएलटीई

  1. Samsung Galaxy M01s
  2. Samsung Galaxy M02
  3. Samsung Galaxy M02s
  4. Samsung Galaxy M11
  5. Samsung Galaxy M12
  6. Samsung Galaxy M21
  7. Samsung Galaxy M30s
  8. Samsung Galaxy M31
  9. Samsung Galaxy A12
  10. Samsung Galaxy A51
  11. Samsung Galaxy A52
  12. Samsung Galaxy A70
  13. Samsung Galaxy A70s
  14. Samsung Galaxy A71
  15. Samsung Galaxy A72
  16. Samsung Galaxy Note 10 Lite
  17. Samsung Galaxy S10
  18. Samsung Galaxy S10+
  19. Samsung Galaxy S10e
  20. Samsung Galaxy S20
  21. Samsung Galaxy S20+
  22. Samsung Galaxy S20 ultra
  23. Samsung Galaxy S20 FE
  24. Samsung Galaxy S21
  25. Samsung Galaxy S21+
  26. Samsung Galaxy S21 Ultra
  27. Samsung Galaxy Note 10
  28. Samsung Galaxy Note 10+
  29. Samsung Galaxy Note 20
  30. Samsung Note 20 Ultra
  31. Samsung Galaxy Z Fold2
  32. Xiaomi Redmi 9 Prime
  33. Xiaomi Mi10
  34. Xiaomi Redmi 9C
  35. Xiaomi Redmi Note 9 Pro
  36. Xiaomi Redmi 8A
  37. Nokia 5.3
  38. Nokia 7.2
  39. Nokia 3.4
    Source : Nepal Telecom

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१