close

पोको एक्सथ्री प्रो किन्दै हुनुहुन्छ ? थाहा पाउनुहोस् यी मुख्य ५ विशेषता

टेकपाना टेकपाना

जेठ ७, २०७८ १६:५

पोको एक्सथ्री प्रो किन्दै हुनुहुन्छ ? थाहा पाउनुहोस् यी मुख्य ५ विशेषता

काठमाडौं । नेपाली बजारमा गत आइतबार पोको एक्सथ्री प्रो सार्वजनिक भएको छ । यो फोन युवा प्रयोगकर्ता र विशेषगरी गेमिङ पारखीका लागि लक्षित छ । थोरै मूल्यमा राम्रो फिचर दिने फोनका रुपमा पोको परिचित छ ।

हालै सार्वजनिक पोको एक्सथ्री प्रो एउटा मिडरेन्ज फोन हो । यदि यो फोन किन्ने योजनामा हुनुहुन्छ भने यी ५ मुख्य विशेषता तपाईंका लागि उपयोगी हुनेछ ।

१. डिस्प्ले

पोकोको एक्सथ्री प्रोको कुरा गर्दा यो ६.६७ इन्च फुल एचडी प्लस डिस्प्ले र २४००x१०८० पिक्सेल रेजोलुसन भएको आईपीएस एलसीडी फोन हो । यो फोनमा २०:९ एस्पेक्ट रेसियो र गोरिल्ला ग्लास सिक्सकाे प्राेटेक्सन छ, जसले गेमिङका लागि राम्रो स्क्रिन एक्सपिरियन्स प्रदान गर्दछ ।

फोनमा रियालिटी फ्लो १२० हर्जको रिफ्रेस रेटको साथ स्मार्ट डिस्प्ले रहेको छ । यो एप्लिकेसनको कन्टेन्टको फ्रेम रेट भ्यारियाबिलिटीलाई बुझ्न र पढ्न सक्ने इन्टिलिजेन्ट डिस्प्ले हो, जसले रिफ्रेस रेटलाई ५० हर्ज , ६० हर्ज ९० हर्जवा १२० हर्जमा आफैं एट्जस्ट गर्छ । साथै यसले ब्याट्री बचाउँछ र आफ्नो स्मार्टफोनलाई पहिला भन्दा बढी पावर इफिसियन्ट बनाउन मद्दत गर्दछ ।

साथै फोनमा २४० हर्जको टच स्याम्पलिङ्ग रेट रहेको छ । यो डिस्प्लेले पञ्ची भिभिड रंगहरु र एचडीआर १० को सर्पोटको साथ स्टनिङ्ग भिजुअल र कन्ट्रास्टको प्रस्तुत गर्दछ ।

२. प्राेसेसर

एन्ड्राेइड ११ मा चल्ने याे फाेनमा क्वालकमकाे स्न्यापड्रागन ८६० चिपसेट छ । अक्टाकोर चिपसेट ७ न्यानो मिटरको प्रोसेसिङ्ग टेक्नोलोजीको साथ उपलब्ध फाेनमा शक्तिशाली एड्रेनो ६४० जीपियुको ग्राफिक्स प्रोसेसर छ । जसका कारण हाइ ग्राफिक्स भएका गेम पनि बिना ल्याग खेल्न सकिन्छ । कम्पनीका अनुसार बिना कुनै अवरोध सबै मेन स्ट्रिम गेम्सहरु याे फाेनमा रन हुन्छ ।

३. क्यामेरा

पोको एक्सथ्री प्रोमा ४८ एमपी क्वाड क्यामेरा सेटअप रहेको छ, जसमा कम्प्युटर भिजन इमेज सिग्नल प्रोसेसर, एफ/१.७९ एपर्चरका साथ ४८ एमपीको प्राइमरी सेन्सर, एफ/२.२ एपर्चर र ११८ डिग्री एफओभीको साथ ८ एमपीको अल्ट्रा वाइड एंगल क्यामेरा, २ एमपीको म्याक्रो क्यामेरा र चित्रणको लागि डेप्थ सेन्सरहरु छन् ।

साथै फोनमा २० एमपीको फ्रन्ट क्यामेरा छ । साथै फोनले ३०र६० एफपीयसमा फोरके भिडियो रेकर्डिङ्ग सपोर्ट गर्दछ ।

४. ब्याट्री

याे फोनमा ५१६० एमएएच पावरको ब्याट्री छ, जुन यसको क्याटेगोरीमा सबैभन्दा ठूलो ब्याट्रीमध्यको एक हो । यसले २६ वाटको यूएसबी पीडी चार्जिङ सपोर्ट गर्छ । फोन किन्दा इन–बक्स फास्ट ३३ डब्लु टाइप–सी चार्जर पाउन सक्नुहुन्छ ।

५. स्टाेरेज

याे फाेन ६ जीबी/१२८ जीबी र ८ जीबी/२५६ जीबी भेरियन्टमा उपलब्ध छ ।

याे फाेनमा स्टेरियाे स्पिकर, फिङ्गरप्रिन्ट (साइड माउन्टेड) लगायतका सुविधा पनि छन् । ग्राफाइट ब्ल्याक, स्टिल ब्लु र गोल्डेन ब्रन्ज गरी तीन कलरमा उपलब्ध याे फाेनकाे मूल्य रु. ३१,९९९ (६ जीबी/१२८ जीबी) र रु. ३६,९९९ (८ जीबी/२५६ जीबी) रहेकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१