close

गुगल म्यापमा आउँदैछ नयाँ फिचर, भीड भएको ठाउँबारे जानकारी दिने

टेकपाना टेकपाना

जेठ १०, २०७८ १४:१५

गुगल म्यापमा आउँदैछ नयाँ फिचर, भीड भएको ठाउँबारे जानकारी दिने

काठमाडौं । गुगलले आफ्नो म्याप्समा नयाँ फिचर ल्याउने भएको छ । विश्वभर बढेको कोभिड महामारीलाई ध्यानमा राखेर गुगलले म्यापमा नयाँ फिचर थप गर्न लागेको हो ।

गुगलले यसै साता घोषणा गरेको फिचर आगामी एक दुई महिनामै प्रयोगकर्तामाझ उपलब्ध हुने बताइएको छ । यो फिचर अन्तर्गत गुगल म्यापका प्रयोगकर्ताले कुन स्थानमा कत्तिको भीड छ र ट्राफिकको स्थिति के छ भनेर थाहा पाउन सक्नेछन् ।

हिँड्दा वा गाडी चलाउँदा म्याप प्रयोग गर्ने प्रयोगकर्तालाई भीड भएको स्थानमा जान नपरोस् भनेर गुगलले यस्तो फिचर ल्याउन लागेको हो । यस्तो फिचरले कोभिड संक्रमण रोक्न पनि सघाउने विश्वास लिइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१