काठमाडौं । नेपाल टेलिकमको एफटीटीएच इन्टरनेट सेवा देशका ५२ जिल्लाको १०१ स्थानीय तहमा पुगेको छ । पछिल्लो समय उच्च प्राथमिकताका साथ सेवा विस्तार गरिरहेको कम्पनीले ५२ जिल्लामा करिब एक लाख ५० हजार ग्राहक बनाएको हो ।
कम्पनीका अुनसार निषेधाज्ञा अघि दैनिक रुपमा ५०० ग्राहक थप भइरहेकोमा हालको बन्द अवस्थामा समेत दैनिक ५० को संख्यामा नयाँ कनेक्सन जडान भइरहेका छन् । अहिलेसम्म देशभर १ लाख ४८ हजार ७१४ ग्राहकले टेलिकमको एफटीटीएच इन्टरनेट जडान गरिसकेको नेपाल टेलिकमको एफटीटीएच तथा वायरलाइन निर्देशनालयका निर्देशक अनन्तमान सिँहले जानकारी दिए ।
उनका अनुसार सबैभन्दा बढी ग्राहक बागमती प्रदेशमा रहेका छन् भने सबैभन्दा थोरै कर्णाली प्रदेशमा छन् ।
कुन प्रदेशमा कति ग्राहक ?
| प्रदेश | एफटीटीएच ग्राहक |
| प्रदेश १ | १५,७५६ |
| प्रदेश २ | ७,२४१ |
| बागमती प्रदेश | ७५,५९७ |
| गण्डकी प्रदेश | १७,६९२ |
| लुम्बिनी प्रदेश | २०,८६० |
| कर्णाली प्रदेश | ३,५९५ |
| सुदूरपश्चिम प्रदेश | ७,९७६ |
| जम्मा | १,४८,७१४ |
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१
