close

१०१ स्थानीय तहमा पुग्यो टेलिकमको एफटीटीएच, कूल ग्राहक डेढ लाख नजिक

टेकपाना टेकपाना

जेठ १४, २०७८ २०:१५

१०१ स्थानीय तहमा पुग्यो टेलिकमको एफटीटीएच, कूल ग्राहक डेढ लाख नजिक

काठमाडौं । नेपाल टेलिकमको एफटीटीएच इन्टरनेट सेवा देशका ५२ जिल्लाको १०१ स्थानीय तहमा पुगेको छ । पछिल्लो समय उच्च प्राथमिकताका साथ सेवा विस्तार गरिरहेको कम्पनीले ५२ जिल्लामा करिब एक लाख ५० हजार ग्राहक बनाएको हो । 

कम्पनीका अुनसार निषेधाज्ञा अघि दैनिक रुपमा ५०० ग्राहक थप भइरहेकोमा हालको बन्द अवस्थामा समेत दैनिक ५० को संख्यामा नयाँ कनेक्सन जडान भइरहेका छन् । अहिलेसम्म देशभर १ लाख ४८ हजार ७१४ ग्राहकले टेलिकमको एफटीटीएच इन्टरनेट जडान गरिसकेको नेपाल टेलिकमको एफटीटीएच तथा वायरलाइन निर्देशनालयका निर्देशक अनन्तमान सिँहले जानकारी दिए । 

उनका अनुसार सबैभन्दा बढी ग्राहक बागमती प्रदेशमा रहेका छन् भने सबैभन्दा थोरै कर्णाली प्रदेशमा छन् । 

कुन प्रदेशमा कति ग्राहक ? 

प्रदेशएफटीटीएच ग्राहक
प्रदेश ११५,७५६
प्रदेश २७,२४१
बागमती प्रदेश७५,५९७
गण्डकी प्रदेश१७,६९२
लुम्बिनी प्रदेश२०,८६०
कर्णाली प्रदेश३,५९५
सुदूरपश्चिम प्रदेश७,९७६
जम्मा१,४८,७१४

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१