close

रियलमी बड्स एयर २ र बड्स एयर २ नियो नेपाली बजारमा, यस्तो छ मूल्य र फिचर

टेकपाना टेकपाना

असार ११, २०७८ २०:३२

रियलमी बड्स एयर २ र बड्स एयर २ नियो नेपाली बजारमा, यस्तो छ मूल्य र फिचर

काठमाडौं । रियलमीले आफ्ना दुई नयाँ इयरबड नेपाली बजारमा भित्र्याएको छ । कम्पनीले ‘रियलमी बड्स एयर २’ र ‘रियलमी बड्स एयर २ नियो’ गरी नयाँ दुई ओटा स्मार्ट अडियो उपकरण नेपाली बजारमा सार्वजनिक गरेको हो ।

बड्स एयरको दोस्रो संस्करणको रुपमा आएका यी दुवै उपकरणमा पहिलो संस्करणभन्दा थप अपग्रेड रहेको कम्पनीले जनाएको छ । यी दुई एयरबडमा उच्च गुणस्तरीय टीडब्लूएस बड्स एनएनसी प्रविधि प्रयोग गरिएको छ ।

साथै यी उपकरणमा २५ डीबीको ‘न्वाइज रिडक्सन डेप्थ समेत रहेको छ । यो कम फ्रिक्वेन्सीका आवाज हो, जसले हल्लालाई प्रभावकारी रुपमा घटाउँछ । नयाँ संस्करणको एयरबडमा ब्याट्रीको क्षमता, अडियो, डिजाइन आदिमा समेत सुधार गरिएको छ ।

आकर्षक डिजाइनमा रहेको बड्स एयर २ मा थुप्रै नयाँ फिचरहरु थप गरिएको छ । कालो, निलो, चाँदी र सेतो रङ्गमा उपलब्ध यो बड्स एयर सामान्यतया २८ घण्टासम्म र एएनसीमा २० घण्टासम्म निरन्तर प्रयोग गर्न सकिन्छ ।

त्यस्तै रियलमी बड् २ को ब्याकअप २५ घण्टा रहेको छ । बड्समा एएनसी अन/अफ, इन्टर/एक्जिट, गेमिङ मोड, ईक्यु सेटिङ, इन्टेलिजेन्ट टच कन्ट्रोल, स्मार्टवेयर डिटेक्सन, गुगल फास्ट पेयर लगायतका फिचरहरु पनि यसमा उपलब्ध छन् । नेपाली बजारमा रियलमी बड्स एयर २ नियोको मूल्य पाँच हजार ४९९ रुपैयाँ र ‘रियलमी बड्स एयर २’ को मूल्य छ हजार छ सय ९९ रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५