काठमाडौं । पछिल्लो समय गुगलले आफ्नो म्यासेजमा धेरै फिचरहरु उपलब्ध गराउँदै आएको छ । समय समयमा नयाँ नयाँ अपडेट उपलब्ध गराउँदै आएको कम्पनीले अब भने प्रयोगकर्ताको गोपनीयतालाई ध्यानमा दिएर ‘ओटीपी म्यासेज’ स्वतः डिलेट हुने फिचर उपलब्ध गराउने भएको हो ।
यो फिचर कम्पनीले भारत लगायतका केही देशमा उपलब्ध गराइसकेको छ । जसमा प्रयोगकर्ताको ओटीपी सेक्सनमा आएको म्यासेज २४ घण्टापछि आफैं डिलिट हुनेछ । कम्पनीका अनुसार यसले प्रयोगकर्ताको ओटीपी जस्ता महत्वपूर्ण जानकारीलाई सुरक्षित गर्न यस्तो फिचर उपलब्ध गराएको जनाएको छ ।
यो फिचर एन्ड्रोइड ८ भन्दा माथिको भर्सनमा उपलब्ध हुनेछ । पहिलो चरणमा भारत लगायतका केही देशमा उपलब्ध भएतापनि यो फिचर चाँडै अन्य प्रयोगकर्तामाझ पनि उपलब्ध हुने जनाइएको छ ।