close

एआई क्षेत्रमा योगदान पुर्‍याएको भन्दै ओप्पोलाई १२ अवार्ड

टेकपाना टेकपाना

असार १६, २०७८ १२:३८

एआई क्षेत्रमा योगदान पुर्‍याएको भन्दै ओप्पोलाई १२ अवार्ड

काठमाडौं । स्मार्टफोन ब्राण्ड ओप्पोले वार्षिक रूपमा सञ्चालन हुँदै आएको ‘कम्प्युटर भिजन एण्ड प्याटर्न रिगक्निशन कन्फरेन्स (सीपीभीआर) २०२१’ मा सहभागिता जनाएको छ । सम्मेलनमार्फत ७ प्रमुख चुनौतीअन्तर्गत १२ भिन्न प्रतियोगितामा उपस्थिति जनाएको ओप्पोले एआई क्षेत्रमा पुर्‍याएका उपलब्धिलाई मान्यता प्रदान गरिएको छ ।

यसअन्तर्गत कम्पनीले प्रदर्शित गरेका औद्योगिक क्षेत्रकै अग्रणी प्राविधिक क्षमता र एआई क्षेत्रमा हात पारेका उल्लेखनीय नवप्रवर्तनका लागि एक पहिलो स्थान, सात वटा दोस्रो र चार वटा तेस्रो अवार्डहरु प्रदान गरिएकाे छ ।

सीपीभीआर २०२१ प्रतियोगितामा सहभागिता जनाएको समूहमा इन्टेलिजेन्ट पर्सेप्शन एण्ड इन्टरएक्शन डिपार्टमेन्ट र ओप्पो यूएस रिसर्च सेन्टर अफ ओप्पो रिचर्स ईन्स्टिच्यूटका सदस्यहरु सम्मिलित थिए ।

ओप्पोका इन्टेलिजेन्ट पर्सेप्सनका प्रमुख वैज्ञानिक एरिक गुओले भने, ‘यस बर्षको सीपीभीआर प्रतियोगितामा पनि यस्तो उल्लेखनिय नतिजा पाउँदा हामी निकै हर्षित छौं ।

‘यी प्रविधिहरुको प्रयोग घर निर्माण, अफिस, फोटोग्राफी, हेल्थ एण्ड मोबिलिटी लगायत क्षेत्रमा गर्न सकिन्छ’ गुओले थपे, ‘ओप्पोमा हामी एआईले मानिसलाई बुद्धिमत्तापूर्वक सहज अनुभूति प्रदान गराउन प्रतिबद्ध छौैं ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५