close

ट्वीटरमा देखियो समस्या, समाधान गर्दै कम्पनी

टेकपाना टेकपाना

असार १७, २०७८ १३:२५

ट्वीटरमा देखियो समस्या, समाधान गर्दै कम्पनी

काठमाडौं । सामाजिक सञ्जाल ट्वीटरमा समस्या देखिएको छ । हजाराैं प्रयाेगकर्ताले ट्वीट डिलिट गर्न नमिलेकाे र आफूले पोष्ट गरेको ट्वीट टाइमलाइनमा नदेखिएकाे भन्दै गुनासाे गरिरहेका छन् । त्यस्तै कतिपय प्रयोगकर्ताले ‘समथिङ ओइन्ट रङ, ट्राइ रिलोडिङ’ भन्ने म्यासेज पाइरहेका छन् ।

प्रभवित भएका प्रयाेगकर्तामध्ये ७८ प्रतिशत वेबमा ट्वीटर प्रयोग गर्ने प्रयोगकर्ता छन् भने बाँकी मोबाइल एप प्रयोगकर्ता छन् । जसमध्ये एन्ड्रोइड प्रयोगकर्ता अझ बढी रहेको जनाइएको छ ।

कम्पनीले यसबारे अध्ययन भइरहेकाे जानकारी दिँदै चाँडै समाधान हुने जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५