काठमाडाैं । एनएमबि बैंकमा अनलाइनमार्फत जुनसुकै समयमा ऋण लिन सकिने भएकाे छ । हालै बैंकले ‘एनएमबि सापटी २.०’ नामक आर्टिफिसियल इन्टेलिजेन्सद्वारा सञ्चालित कर्जा सेवा सुरु गरेको हो ।
यसअन्तर्गत आवेदनदेखि सम्पूर्ण कर्जा प्रक्रिया डिजिटल प्रणालीबाटै गर्न सकिने बैंकले जनाएको छ । देशमै पहिलोपटक चाैबिसै घन्टा र सातै दिन पूर्ण स्वचालित रूपमा प्रदान गर्ने गरी ‘एनएमबि सापटी’ याेजना परिस्कृत गरिएकाे जनाइएकाे छ ।
बैंकका अनुसार मोबाइलको प्रयोगबाट आवेदन दिएको पाँच मिनेटभित्र नै कर्जा प्राप्त गर्न सकिने छ ।
एनएमबि सापटी वर्तमान परिवेशलाई ध्यानमा राख्दै व्यक्तिगत कर्जा उपयोग गरिरहेका ग्राहकको व्यक्तिगत र आपत्कालीन वित्तीय आवश्यकताको परिपूर्तिका लागि प्रदान गरिने छोटो अवधिको धितोविनाको कर्जा रहेको बैंकले जनाएको छ ।
एनएमबिमा व्यक्तिगत कर्जा भएका ग्राहकलाई २४ महिनासम्मको लचिलो अवधिसहित २ लाख रुपैयाँसम्म चाैबिसै घन्टा र सातै दिन कर्जा तुरुन्त उपलब्ध गराइने बैंकले प्रतिबद्धता व्यक्त गरेको छ ।
याे योजनामा ग्राहकले आफ्नो कर्जा चुक्ता अवधि, कर्जा चुक्ता गर्ने प्रकार, कर्जा रकम आफ्नो सहजताका आधारमा छनोट गर्न सक्ने जनाइएको छ ।