close

र्‍यानसमवेयर आक्रमणपछि कजेयाको नाममा ईमेल फिशिङ, सचेत रहन कम्पनीको आग्रह

टेकपाना टेकपाना

असार २६, २०७८ १०:५४

र्‍यानसमवेयर आक्रमणपछि कजेयाको नाममा ईमेल फिशिङ, सचेत रहन कम्पनीको आग्रह

काठमाडौं । र्‍यानसमवेयर आक्रमणले सिर्जना गरेको अवरोधको फाइदा उठाउँदै फिशिङ ईमेलहरू पठाउनेसँग सावधान रहन अमेरिकी सूचना प्रविधि कम्पनी कजेयाले आफ्ना ग्राहकलाई आग्रह गरेको छ । गत शुक्रबार आर इभिलले कम्पनीको भीएसए सफ्टवेयरमा आक्रमण गरेको थियो ।

सो आक्रमणमा कजेयाका करिब ५० वटा प्रत्यक्ष ग्राहक र करिब १५०० चेन कम्पनीहरू प्रभावित भएका छन् । पछिल्लो र्‍यानसमवेयर आक्रमणको फाइदा उठाउँदै स्क्यामरहरूले कजेयाका ग्राहकलाई कजेयाको नयाँ अपडेटको नाममा ईमेल पठाउन थालेको भेटिएको कारण कम्पनीले आफ्ना ग्राहकलाई सचेत रहन आग्रह गरेको हो ।

कम्पनीले पठाएको ईमेल स्याम्पलमा कजेयाको समस्या समाधान गर्ने भन्दै स्क्यामरले रिसिभरलाई सेक्युरिटी अपडेट (SecurityUpdates.exe) डाउनलोड गर्नको लागि आग्रह गरेको छ ।

कम्पनीका अनुसार यो अट्याचमेन्ट कुनै आक्रमणबाट बचाउने सफ्टवेयर नभएर यो एउटा कोबाल्ट स्ट्राइक प्याकेज हो, जुन विशेषगरी पेनिट्रेसन टेस्टरहरूले प्रयोग गर्ने गर्छन् ।

यद्यपि केही स्क्यामरले यसको दुरुपयोग पनि गर्ने गरेका छन् । स्याम्पल ईमेलमा एउटा डाइरेक्ट लिंक पनि अट्याच गरेको छ, जसले प्रयोगकर्तालाई खराब प्रोग्राममा प्रत्यक्ष जोडिदिन्छ ।

यसले प्रयोगकर्तालाई असर गर्नसक्ने कम्पनीले जनाएको छ । केही समयअगाडि कम्पनीले आफ्ना ग्राहकलाई कजेयाको हेल्प डेस्कसँग कनेक्ट गराउन कानूनी ईमेल पठाएको थियो । यसको कारण पनि केही ग्राहक पहिले नै यस्तो नक्कली ईमेलबाट सचेत भएका छन् ।

यो कुरालाई मध्यनजर गर्दै कम्पनी कुनै पनि प्रकारको अपडेट ईमेल नपठाउने जनाएको छ । कम्पनीले आक्रमणबाट परेको समस्यालाई समाधान गरिरहेको बताएको छ  ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३