काठमाडौं । महामारीको समयमा डिजिटल अर्थव्यवस्था विस्तार गरी एसियाली क्षेत्रको विकास गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
पछिल्लो समय कोभिड-१९ सँग जुध्न डिजिटल प्रविधिले भूमिका खेलिरहेका बेला यो महामारीले सिर्जना गरेका समस्या न्यूनीकरणका लागि यससँग सम्बन्धित उद्योगहरूबीच सहकार्य जरूरी रहेको निष्कर्ष सरोकारवालाले निकालेका हुन् ।
चिनियाँ प्रविधि कम्पनी ह्वावेले आयोजना गरेको एक भर्चुअल कार्यक्रममा बोल्दै एसियाली मुलुकका सरकारी, औद्योगिक र शैक्षिक क्षेत्रका प्रतिनिधि र विशेषज्ञले डिजिटल अर्थव्यवस्था निर्माणले मात्रै एसियाली क्षेत्रको आर्थिक उन्नति हुने भनाइ राखेका राखेका थिए ।
साे कार्यक्रममा डिजिटल ज्ञान र पूर्वाधारको आधारमा, डिजिटल अर्थव्यवस्थाले क्षेत्रीय जीडीपीममा समेत याेगदान दिइरहेकाे चर्चा गरियाे । आसियानले भविष्यवाणी गरेको छ कि, डिजिटल अर्थव्यवस्थाले याे क्षेत्रकाे जीडीपीमा एक ट्रिलियन अमेरिकी डलर योगदान गर्नेछ ।
यस क्षेत्रका देशहरुले डिजिटल अर्थतन्त्रको कार्यान्वयनका लागस व्यापार बाधाहरुलाई हटाउन, डिजिटल कभरेजमा सुधार र डिजिटल सेवामा सर्वव्यापी पहुँच सुनिश्चित गर्नका लागि भविष्यउन्मुख रोडम्याप जारी गरेका छन् ।
ह्वावे एशिया प्रशान्तका उपाध्यक्ष जे चेनले आईसीटी कनेक्टिभिटी, प्रतिभा सशक्तिकरण र इकोसिस्टम इन्क्युबेसन गरी तीन प्रमुख क्षेत्रमा आसियानको डिजिटल मास्टर प्लान २०२५ लाई सक्षम पार्न आफूहरू प्रतिबद्ध रहेकाे उल्लेख गरे ।
ह्वावेले लामो समयदेखि सबैलाई डिजिटल सीप प्रदान गर्ने महत्वलाई मान्यता दिइरहेको बताउँदै उनले अर्थव्यवस्थालाई डिजिटलाइज गर्नका लागि अन्य स्टेकहाेल्डरसँग सहाकार्य गर्न इच्छुक रहेकाे बताए ।
साथै ह्वावेले विभिन्न देशका सरकार, विश्वविद्यालय, र गैरसरकारी संस्थाहरुसँग समन्वय गर्दै आईसीटी क्षेत्रको सशक्तिकरण गर्न १० लाख मानिसलाई तालिम दिन धेरै कार्यक्रमसमेत सुरू गरेकाे जानकारी दिएकाे छ ।