काठमाडाैं । नवलपुरस्थित मध्यविन्दु नगरपालिकाले अनलाइनमार्फत राजस्व भुक्तानी सुरु गरेको छ । मध्यविन्दु-१५ का देशबहादुर गुरुङको सम्पत्ति कर भुक्तानी गर्दै नगरपालिकाले अनलाइन राजस्व भुक्तानी सुरु गरेको हो ।
मध्यविन्दु नगरपालिका प्रमुख चन्द्रबहादुर रानाले अब नगरवासीले सम्पत्ति तथा भूमि, व्यवसाय र घरबाहल कर भुक्तानीका लागि नगरपालिका वा सम्बन्धित वडा कार्यालय पुग्नु नपर्ने बताए ।
विद्युतीय भुक्तानी सुरु भएपछि नगरपालिकाका स्थानीय करदाताहरूले घरमा नै बसेर अनलाइनमार्फत राजस्व भुक्तानी गर्न सक्ने नगरप्रमुख रानाले बताए । अनलाइन भुक्तानी सुरु भएपछि राजश्व भुक्तानीमा सेवाग्राहीको सहभागिता र राजश्वको दायरा वृद्धि हुने विश्वास लिइएको रानाको भनाइ छ ।
विद्युतीय भुक्तानीबारे करदातालाई शिक्षा दिन समेत नगरपालिकाले आवश्यक कार्य गर्ने नगर उपप्रमुख ओमकुमारी महतोले बताए ।
आइतबारदेखि अनलाइन प्रणाली सुरु भएपछि सबै करदाताले विद्युतीय प्रणालीमार्फत झण्झट विनै राजस्व भुक्तानी गर्न सक्ने महतोको भनाइ छ । विद्युतीय भुक्तानीको माध्यम ईसेवाबाट नगरपालिकाको कर भुक्तानी गर्न सकिने नगर उपप्रमुख महतोले बताए ।
नगरपालिकाले विद्युतीय भुक्तानीका लागि ईसेवासँग सम्झौता गरेर काम अगाडि बढाएको नगरपालिका आईटी शाखा प्रमुख नरेश गुरुङले बताए । अन्य अनलाइन भुक्तानी गर्ने सेवाप्रदायकसँग पनि सम्झौता गरेर भुक्तानी व्यवस्थालाई सहज बनाउँदै लैजाने तयारीमा नगरपालिका जुटेको गुरुङको भनाइ छ ।
करदाताले कर तिर्न ई-पोर्टलमा विवरण भरेर दर्ता गराएपछि ईसेवा डिजिटल भुक्तानी प्रणाली प्रयोग गरेर मोबाइलबाटै कर भुक्तानी गर्न सकिने गुरुङले बताए । यो प्रणालीबाट राजस्व अनलाइनबाटै भुक्तानी गर्न र आफूले तिरेको शुल्कको रसिद अनलाइनबाटै प्राप्त गर्न सकिनेछ ।
अनलाइन प्रणाली शुरु गर्न करदाताले वडा कार्यालमा गएर विवरणहरू अद्यावधिक गराएपछि घरबाटै राजस्व भुक्तानी गर्न सकिने गुरुङको भनाइ छ ।
अनलाईन प्रणालीमार्फत कर कसरी तिर्ने ?
१. सर्वप्रथम पुरानो कर तिरेको रसिद हेर्ने : त्यस मार्फत तपाइले करदाता संकेत नम्बर (रसिदको माथिल्लो भागको बायाँ पट्टि ) तथा आन्तरिक संकेत नम्बर (रसिदको माथिल्लो भागको दायाँ पट्टि) पत्ता लगाउन सक्नु हुन्छ
११. सम्पति कर / व्यवसाय कर choose गरेर मूल्यांकन गर्नुहोस
१२. कर तिर्नको लागि सेवा-प्रदायक(Esewa) छनौट गरी तिर्नुहोस
१३. सेवा प्रदायकको (Esewa) एप मार्फत तिर्नको लागि करदाता न. मा नयाँ संकेत नम्बर राख्नुहोला
नोट : करदाता पोर्टलमा प्रयोगकर्ता बनाउने तथा भुक्तानी प्रक्रिया लगायतको कार्य सम्पन्न गर्नको लागि समेत ईमेल र एसएमएस मार्फत प्रकृया प्रमाणीकरण गर्नुपर्ने हुँदा ईमेल र मोबाइल नं. राख्नु अनिवार्य छ ।
उक्त विवरण अद्यावधिक गर्नको लागि मध्यविन्दु नगरपालिका या मातहतका वडा कार्यालयहरुमा सम्पर्क राखी आफ्नो विवरण अद्यावधिक गराउन सकिनेछ ।