close

स्टार्टअपका लागि ‘एनटीआईसी आइडिया खोज’ घोषणा, उत्कृष्ट ५ लाई लगानी र तालिम

टेकपाना टेकपाना

साउन १९, २०७८ १५:९

स्टार्टअपका लागि ‘एनटीआईसी आइडिया खोज’ घोषणा, उत्कृष्ट ५ लाई लगानी र तालिम

काठमाडौं ।  काठमाडौं विश्वविद्यालयले दक्षिण कोरियाली सरकारको सहयोगमा सञ्चालित एकीकृत ग्रामीण विकास परियोजना अन्तर्गत स्थापना गरेको नेपाल टेक्नोलोजी इनोभेसन सेन्टर (एनटीआईसी) ले स्टार्टअप कम्पनीहरू लक्षित गर्दै ‘एनटीआईसी आइडिया खोज’ घोषणा गरेको छ ।

सोमबार एक भर्चुअल कार्यक्रम आयोजना गर्दै एनटीआईसीले सो कार्यक्रम घोषणा गरेको हो । यस कार्यक्रमअन्तर्गत कृषि, उर्जा र स्वास्थ्यसँग सम्बन्धित नयँ स्टार्टप सोच भएका प्रोजेक्टबीच प्रतिस्पर्धा हुनेछ ।

उल्लेखित क्षेत्रमा व्यापार व्यवसायको लागि नयाँ सोच र रणनीति भएका जोकोहीले आवेदन दिन सक्नेछन् । प्राप्त भएका आवेदनबाट पहिलाे चरणमा १० वटा आइडिया छनौट हुनेछ ।

ती १० आइडियामध्ये अन्तिम चरणमा पाँचवटा उत्कृष्ट आइडिया छनौट गरिने छ ।

आयोजकका अनुसार उत्कृष्ट पाँच आइडियालाई सेन्टरको तर्फबाट ५ लाख रूपैयाँ सिड इन्भेस्टमेन्टसहित उद्यमशीलता र व्यावसाय सम्बन्धित तालिम दिइनेछ ।

आयोजकले करिब एक वर्ष वा सोभन्दा बढी समयसम्म छनौट भएका आइडियालाई व्यावसाय स्थापना गर्न, व्यावसायिक तथा आर्थिक रणनीतिहरू बनाउन मद्दत गर्ने बताएको छ ।

इच्छुक व्यक्ति वा समूहले भदौ १२ गतेसम्म एनटीआईसीको वेबसाइटबाट यो प्रतियोगिताका लागि आवेदन दिन सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१